कोराेनाका कारण नेपालमा थप २ को मृत्यु, यसँसगै मृतक संख्या ४२ पुग्यो

Died_Corona1

 

काठमाडौं । नेपालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना अपडेटमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार टिचिङ अस्पतालमा उपचार गराइरहेकी चिनकी ४९ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

उनी मंगलबार साँझ टिचिङ अस्पताल भर्ना भएकी थिइन् । उनी पोखरामा कार्यरत मणिपाल अस्पतालमा उपचार गराइरहेकी उनको साउन २ गते ग्रान्डी अस्पताल ल्याइएको र कोरोना पुष्टी भएपछि त्रिवि शिक्षण अस्पतालमा साउन ७ गते निधन भएको जनाएका छन् ।

त्यस्तै धनुषा जिल्ला जनकपुर उपमहानगरपालिकाका ६० वर्षीय एक पुरुष साउन २ गते भर्ना भएका धरानस्थित बीपी कोइराला अस्पतालमा साउन ६ गते निधन भएको उनले जनाए ।

पछिल्लो २४ घन्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको गौतमले जनाएका छन् । हालसम्म नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ । ती मध्ये १२ हजार ६ सय ८४ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित