चुडामणी पक्राउसँगै संभावित कारवाहीबाट जोगिन एनसेलले बुझायो १३ अर्ब ६० करोड

काठमाडौं । एनसेलले चौतर्फी बिरोधपछि पुँजीगत लाभकर वापत आन्तरिक राजस्व विभागमा १३ अर्ब ६० करोड ४७ लाख रुपैयाँ बुझाएको छ।  आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई अख्तियारले पक्राउ गरेको दुई दिन मै एनसेलले उक्त रकम बुझाएर संभावित कारवाहीबाट जोगिएको हो ।

 किनकी शर्मा र अख्तियारका निलम्वित प्रमुख लोकमानसिंह कार्कीलाई सेटिङ मिलाएर एनसेलले पुजीगत लाभकर बुझाउन अटेर गर्दै आएको थियो ।  यसअघि एनसेलले नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ मात्रै कर बुझाएको थियो ।

 यसका लागि टेलियासोनेरा एनसेलमा प्रवेश गर्दा ७४ अर्ब रुपैयाँ खर्च भएको र अहिले टेलियालाई ६६ अर्ब रुपैयाँको मात्रै लाभ भएको भन्दै कर विवरण बुझाइएको थियो।  अहिले भने एनसेलले यही खर्च एक अर्ब ८८ करोड रुपैयाँ देखाएर त्यस वापत १५ प्रतिशतको कर बुझाएको हो।  ठुला करदाता कार्यालयले २५ प्रतिशत लाभकर पाउनु पर्ने भनी गरेको हिसाब अनुसार अझै एनसेलबाट १० प्रतिशत कर लिन बाँकी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित