वीरगञ्जमा अनिश्चितकालका लागि कर्फ्यु आदेश
वीरगञ्ज । सरकारले लकडाउन अन्त्य गरेको घोषणासँगै संक्रमितको संख्या बढदै गएपछि वीरगञ्जमा अनिश्चितकालिन कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले जनाएअनुसार भोलि (शनिबार) देखि लागू हुने गरि अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
संक्रमितको संख्या बढ्दै गएपछि वीरगञ्जमा निषेधाज्ञाको माग चौतर्फी रुपमा आइरहेको थियो । प्रशासनले शुक्रबार राजनीतिक दलसँग छलफल गरेपछि निषेधाज्ञा लगाउने निर्णयमा पुगेको हो ।
वीरगञ्ज महानगरपालिका क्षेत्रमा अत्यावश्यक स्वास्थ्य उपचारबाहेक अन्य काममा सर्वसाधरणलाई घर बाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
निषेधाज्ञा लगाइएको समयमा मास टेस्टिङको काम पनि अघि बढाउने निर्णय भएको छ । सहायक प्रजिअ बस्नेतका अनुसार सुरुमा संक्रमितको सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गरिनेछ ।
प्रतिक्रिया