संसद बैठक मंगलबारसम्म स्थगित, देउवाको प्रधानमन्त्री बन्ने समय लम्वियो

काठमाडौं । नेकपा एमालेको दबाबमा व्यवस्थापिका संसदको बैठक  मंगलबारसम्मका लागि स्थगित भएको छ । प्रधानमन्त्री निर्वाचनमा सहमतिको प्रयासका लागि भन्दै सभामुख ओनसरी घर्ती मगरले संसद बैठक पर्सिसम्मका लागि स्थगित गरेकी हुन् ।त्यसअघि सभामुखकै आहृवानमा तीन दलका शीर्ष नेताहरुको बैठक बसेको थियो ।

 उक्त बैठकमा एमाले नेताहरुले सहमतिको प्रयासका लागि भन्दै संसद बैठक मंगलबारलाई सार्ने प्रस्ताव गरेको थिए ।

 प्रधानमन्त्रीको निर्वाचन गर्ने कार्यसूचि संसदको बैठक विहान ११ बजे बोलाइएको थियो । एमालेले अवरोध जारी राख्ने बताएपछि ३ बजेलाई सारेर शीर्ष नेताहरुको बैठक बोलाइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित