नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुग्यो

Died_Corona1

काठमाडौं । नेपालमा थप ३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।

साउन १४ गते मोरङका ४५ वर्षीय पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको कोरोनाका कारण मृत्यु भएको जनाइएको छ । त्यस्तै पर्सा जिल्ला वीरगञ्जका ७० वर्षीय एक पुरुषको मृत्यु भएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पुष्टी गरे ।

पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. ५ का ६८ वर्षीय पुरुषको मृत्यु भएको पनि गौतमले बताए । उनको वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उनको मृत्यु भएको जनाइएको छ ।

यससँगै नेपालमा मृत्यु हुनेको संख्या ५२ पुगेको गौतमले जनाए ।

 

प्रतिक्रिया

सम्बन्धित