ला लिगामा कब्जा जमाउन नसकेको बार्सिलोना कोपा डेल रेको उपाधि उचाल्यो
काटमाडौं : लिओनल मेस्सीको प्रेरणामा बार्सिलोनाले आलाभेसलाई पराजित गर्दै कोपा डेल रे कपको उपाधिमा हृयाट्रिक गरेको छ । ला लिगामा एइबरलाई ४–२ ले हराउँदा पनि अंक तालिकामा रियल मड्रिड माथि हुँदा बार्सिलोनाले ला लिगाको उपाधि उचाल्न सकेको थिएन । शनिबार राति भएको खेलमा बार्सिलोनाले आलाभेसलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोनाले ३० औं मिनेटमा मेस्सीको गोलबाट अग्रता लिएको थियो । तर, यो धेरैबेर टिक्न सकेनन् । ३३ औं मिनेटमा हर्नान्डेजले बराबरी गोल फर्काए । ४५ औं मिनेटमा नेयमारले गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । पहिलो हाफ सकिनु अघि नै पाको अलासरले गोल गरेपछि बार्सिलोना ३–१ ले अगाडि रहृयो । दोस्रो हाफमा दुबै टोलीबाट गोल हुन सकेन र बार्सिलोना ३–१ को जितसँगै उपाधिमा हृयाट्रिक गरेको छ । यो सिजन बार्सिलोनाका लागि निराशाजनक रहृयो । दोस्रो स्थानमा रहँदै ला लिगाको उपाधि रियल मड्रिडलाई सुम्पियो भने च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरियो ।बार्सिलोनाले प्रशिक्षकले इनरिकेको पनि सुखद विदाइ गरेको छ । उनी ३ वर्ष बार्सिलोनाको प्रशिक्षक रहेका थिए ।
प्रतिक्रिया