झापा केर्खाका एक कोरोना संक्रमित वृद्धको मृत्यु
झापा । झापाका कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
एक साता अघि उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका झापाको कमल गाउँपालिकाका एक वृद्धको मृत्यु भएको जनाइएको छ । झापाको कमल गाउँपालिकाका–३, केर्खा बजारका ८३ वर्षीय वृद्धको मृत्यु भएको हो ।
कोरोना संक्रमण पुष्टि भएपछि उनलाई एक साता अघि उपचार गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
उपचारका क्रममा उनको शुक्रबार बिहान ४ बजे मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया