एफए कपको उपाधि आर्सनललाई

काठमाडौं : एफए कपको उपाधि आर्सनलले आफ्नो पञ्जामा पारेको छ । प्रिमियर लिग च्याम्पियन चेल्सीलाई पराजित गर्दै आर्सनलले उपाधिमाथि कब्जा जमाएको हो । शनिबार राति भएको फाइनलमा आर्सनलले १० खेलाडीमा सिमित चेल्सीलाई २–१ ले हरायो । वेम्बलीमा भएको खेलमा आर्सनलले चौथो मिनेटमा नै सान्चेजको गोलबाट अग्रता लिएको थियो । यद्यपि उनको गोल विवादास्पद रहृयो । उनले गोल गर्ने क्रममा असिस्टेन्ट रेफ्रीले आरोन राम्सीलाई अफसाइड देखाएका थिए । तर, मुख्य रेफ्रीले त्यसविरुद्ध निर्णय लिएका थिए । पहिलो हाफमा १–० ले पछि परेको चेल्सीले ६८ औं मिनेटमा झड्का व्यहोर्‍यो । उसका भिक्टर मोएजले दोहोरो पहँलोसँगै रातो कार्ड पाए र टिम १० खेलाडीमा समेटियो । १० खेलाडीमा सिमित भएर पनि ७६ औं मिनेटमा चेल्सीले बराबरी गोल फर्काएको थियो । उसका लागि स्ट्राइकर डिएगो कोष्टाले गोल गरे । तर, तीन मिनेटपछि नै राम्सीले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र आर्सनलले उपाधि उचालेको छ ।

प्रतिक्रिया

सम्बन्धित