बुटवल दीपनगरकी एक महिलाको मृत्युपछि कोरोना पुष्टी

Died_Corona1

 

बुटवल । बुटवलमा एक महिलाको मृत्युपछि कोरोना पुष्टी भएको छ ।

बुधबार दिउँसो १२ बजे श्वासप्रश्वास र खोकी लागेपछि अस्पताल पुगेकी बुटवल उपमहानगरपालिका दीपनगरकी ४८ वर्षीय महिलाको बुधबार दिउँसो २ बजे मृत्यु भएको थियो । 

त्यसपछि कोरोना परिक्षणका लागि स्वाब परिक्षण गरिएकोमा आज (बिहीबार) कोरोना पोजेटिभ आएको जनाइएको छ ।

विगत एक सातादेखि पखाला लागेपछि घरमै सामान्य उपचार गराइरहेकी उनलाई ज्वरोसमेत आएपछि अस्पताल लगिएको थियो । मृतक महिलाको एक वर्ष अघि एपेन्डीक्सको शल्यक्रिया गरिएको जनाइएको छ ।

उनको शब व्यवस्थापनको तयारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित