नेकपा सचिवालय बैठक स्थगित, भोलि ४ बजे बस्ने

NCP_Secretariat_Meeting_Baluwatar

NCP_Secretariat_Meeting_Baluwatar

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार आज बस्ने भनिएको सचिवालय बैठक भोलिलाई सरेको छ । नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्तापछि आज (शनिबार) ४ बजेका लागि बोलाइएको बैठक भोलि ९आइतबार० ४ बजेसम्मलाई स्थगित गरिएको हो ।

मन्त्रिपरिषद् पुनर्गठनको बिषयमा नेकपाका दुई अध्यक्षबीच मतान्तर भएपछि शनिबार ४ बजे बैठक बस्ने अनौपचारिक निर्णय भएको थियो । आइतबारको बैठकले मन्त्रिपरिषद् पुनर्गठन वा आंशिक मात्रै मन्त्री फेर्ने बिषयको टुंगो लगाउने नेकपा नेताहरुको भनाइ छ ।

प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओली ओली आंशिक रुपमा मन्त्रिमण्डल परिवर्तन गराउने पक्षमा हुनुहुन्छ भने अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पूर्णरुपमा मन्त्रिमण्डल पुनर्गठनको पक्षमा हुनुहुन्छ ।

स्थायी कमिटी बैठकको प्रस्तावअनुसार मन्त्रिपरिषद् पुनगर्ठन र राजनीतिक नियुक्तिका लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच छलफल चलिरहेका बेला सहमतिबिनै सरकारले महत्त्वपूर्ण राजनीतिक नियुक्ति गरेपछि नेकपामा विवाद बढेको हो। त्यसपछि नेताहरुले बैठकको माग गरेका थिए।

अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरुले आजको बैठकमा पार्टीमा छलफल नै नगरी नियुक्ति गरेको भन्दै त्यसबारे छलफल गर्ने योजना बनाएका थिए।

पछिल्लो केहिदिनयता प्रधानमन्त्री ओलीले एकलौटि रुपमा राजदुत र मुख्य सचिव नियुक्ती गरेपछि नेकपाका नेताहरु असन्तुष्ट भएका छन् । यसअघि नेकपा सचिवालय बैठक असोज ६ गते सचिवालय बैठक बसेको थियो ।

प्रतिक्रिया

सम्बन्धित