अमेरिकी राष्ट्रपति ट्रम्प डिस्चार्ज, छिटै चुनावी अभियानमा सरिक हुने

Trump

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि तीन दिनसम्म अस्पतालमा बिताएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प निवासमै फर्किएका हुन् । उनको थप उपचार ह्वाइटहाउसमै गरिने जनाइएको छ ।

वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले अब राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने पनि जनाइएको छ ।

ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए ।

डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’

 

प्रतिक्रिया

सम्बन्धित