चितवनका थप ३५ जनामा कोरोना संक्रमण
भरतपुर । भरतपुरस्थित भरतपुर अस्पतालमा गरिएको कोरोना परिक्षणमा चितवनका थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ अस्पतालकी कोभिड–१९ ल्याबकी प्रमुख डा. नितु अधिकारीका अनुसार २८९ जनाको स्वाब परीक्षणमा ३५ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमित ३५ जना सबै चितवनका हुन् । संक्रमित हुनेहरू १४ वर्षीया बालिकादेखि ६९ वर्षका वृद्धसम्म छन् ।
संक्रमित हुनेमा भरतपुरका ९ पुरूष र ८ महिला, राप्तिका ४ पुरूष र १ महिला, खैरहनीका १ महिला, रत्ननगरका ४ पुरूष र २ महिलामा पनि संक्रमण पुष्टि भएको जनाइएको छ ।
त्यस्तै इच्छाकामनाका २ महिला र माडीका २ पुरूष र २ महिलामा पनि संक्रमण भएको पनि डा. अधिकारीले जानकारी दिइन् ।
प्रतिक्रिया