ला लिगाको उपाधि जिताउन नसकेका मेस्सी बने टप स्कोरर

काठमाडौं : बार्सिलोनाका अर्जेन्टिनी स्टार लिओनल मेस्सी स्पेनिस ला लिगामा सिजनको टप स्कोरर बनेका छन् । अन्तिम खेलमा दुई गोल गरेका उनले यो सिजन लिगमा ३४ खेल खेल्दै ३७ गोल गरे । उनले टिममेट लुइस स्वरेज र चिरप्रतिद्वन्द्वी क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । मेस्सीले २०१३ पछि पहिलो पटक पिचिची अवार्ड हात पारेका हुन् । गत वर्षको विजेता लुइस स्वरेज २९ गोलका साथ दोस्रो स्थानमा रहँदा रोनाल्डो २५ गोलका साथ तेस्रो स्थानमा रहे । उत्कृष्ट गोलकिपर भने एथ्लेटिको मड्रिडका जान ओब्लेक रहे । लिगमा यो सिजन २९ खेल खेलेका उनले मात्र २१ गोल खाएका थिए । ला लिगाको उपाधि भने रियल मड्रिडले जितेको छ । मालागालाई हराउँदै रियल मड्रिडले उपाधि जितेको हो । उपाधिका लागि रियल मड्रिडलाई कम्तिमा बराबरी चाहिएको थियो, जुन खेलमा मालागामाथि २–० सहज जित हात पारेको छ । पछिल्लो दुई सिजन घरेलु लिग जितेको बार्सिलोनाले अन्तिम खेलमा एइबरलाई ४–२ ले हरायो । तर, उपाधिका लागि पर्याप्त भएन ।

प्रतिक्रिया

सम्बन्धित