१ रनले जित्यो मुम्बईले आईपीएल

काठमाडौं : मुम्बई इण्डियन्सले १ रनको झिनो अन्तरले राइजिङ पुने सुपरजायन्टलाई हराउँदै इण्डियन प्रिमियर लिग आइपिएलको उपाधि जितेको छ । यो सँगै मुम्बईले तेस्रो पटक उपाधि उचाल्यो । आइपिएलको दशौं संस्करणसम्म आइपुग्दा मुम्बईले तेस्रो पटक उपाधि उचालेको हो । उसले यसअघि २०१३ र २०१५ मा प्रतियोगिताको उपाधि जितेको थियो । राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर ब्याटिङ रोजेको मुम्बईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १२९ रन जोडेको थियो । सुरुवाती ब्याट्सम्यानहरु निरिह बन्दा मुम्बई झिनो योगफलमै समेटिने खतरा बढेको अवस्थामा क्रुणल पण्ड्याले पाचौं नम्बरमा आएर ४७ रनको ठोष पारी खेले । उनी इनिङको अन्तिम बलमा क्याचआउट हुन पुने । यसअघि कप्तान रोहित शर्माले पनि २४ रन बनाएका थिए । पुनेका बलरहरुको कसिलो बलिङ पहिलो इनिङमा दर्शनीय थियो । उसका जयदेभ उनाकान्त, एडम जाम्पा र ड्यानियल क्रिष्टियनले २÷२ विकेट लिए । १३० रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको पुनेको हालत पनि पहिलो इनिङको मुम्बईकै जस्तो भयो । ओपनर अजिंक्या राहणे र कप्तान स्टिभ स्मिथले क्रमसः ४४ र ५१ रनको पारी खेलेपनि पुनेले निर्धारित ओभरमा १२८ रनमात्र बनाउन सक्यो । यसबीचमा उसले ६ विकेट गुमाएको थियो । पुनेलाई सस्तैमा समेट्न मुम्बईका मिचेल जोन्सनले ३ र जसप्रित बुम्राहले २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित