विश्वमा कोरोना तथ्यांकः चार करोड संक्रमित, ३ करोड कोरोनामुक्त
काठमाडौं । विश्वमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ३ करोड नाघेको छ । पछिल्ला दिनमा संक्रमितको सँगै संक्रमणबाट निको हुनेको संख्या बढ्दै गएको विश्वमा हालसम्म संक्रमितको संख्या चार करोड २ लाख ६४ हजार २ सय १८ पुगेको छ भने कोरोनाबाट मुक्त हुनेको संख्या ३ करोड १ लाख ८ हजार ३१ जना पुगेको छ ।
पछिल्लो तथ्यांकअनुसार पछिल्लो २४ घन्टामा ३ लाख २४ हजार ९ सय २६ नयाँ संक्रमित थपिएका छन् भने ३ हजार ९ सय ७१ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ लाख १८ हजार १ सय ६७ पुगेको छ ।
अहिलेको अवस्थामा विश्वमा ९० लाख ३८ हजार २० जना सक्रिय संक्रमित रहेका छन् ती मध्ये ७१ हजार ९ सय ७२ जना गम्भीर प्रकृतिका संक्रमित रहेको जनाइएको छ ।
अहिलेसम्म विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतक अमेरिकामा रहेका छन् । अमेरिकामा हालसम्म ८३ लाख ८७ हजार ७ सय ९८ संक्रमित पुगेका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ लाख २४ हजार ७ सय ३० रहेको छ ।
त्यस्तै संक्रमितको सूचीमा भारत दोस्रो र ब्राजिल तेस्रो स्थानमा रहेको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको सूचीमा ब्राजिल दोस्रो र भारत तेस्रो स्थानमा रहेको छ ।
प्रतिक्रिया