अर्जेन्टिना पनि '१० लाख क्लब'मा, यी हुन् १० लाख बढी कोरोना संक्रमित हुने विश्वका ६ देशहरु
काठमाडौं । विश्वभर कोरोना संक्रमणबाट १० लाख बढी संक्रमित हुनेमा ६ देश पुगेका छन् । पछिल्लो २४ घन्टामा १२ हजार कोरोना संक्रमित थपिएसँगै अमेरिका, भारत, ब्राजिल र रसियापछि स्पेन र अर्जेन्टिनामा पनि १० लाख भन्दा बढी संक्रमित पुगेका छन् ।
हालसम्म विश्वमा चार करोड ६ लाख ३४ हजार ८ सय ७३ जना संक्रमित पुगिसकेका छन् भने ११ लाख २२ हजार ७ सय ५८ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घन्टामा ३ लाख ३७ हजार ४ सय २७ जना नयाँ संक्रमित थपिएका छन् भने ४ हजार ३ सय ८९ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा सबैभन्दा धेरै संक्रमित अमेरिकामा थपिएका छन् । यससँगै अमेरिकामा हालसम्म ८४ लाख ५६ हजार २ सय २६ संक्रमित पुगेका छन् भने २ लाख २५ हजार २२२ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै हालसम्म भारतमा हालसम्म ७५ लाख ९४ हजार ७ सय ३६ संक्रमित पुगेका छन् भने १ लाख १५ हजार २ सय ३६ जनाको मृत्यु भइसकेको छ ।
तेस्रो स्थानमा रहेको ब्राजिलमा हालसम्म ५२ लाख ५१ हजार १ सय २७ जना संक्रमि पुगेका छन् भने १ लाख ५४ हजार २ सय २६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै रसियामा १४ लाख १५ हजार ३ सय १६ संक्रमित छन् भने २४ हजार ३ सय ६६को मृत्यु भइसकेको छ ।
त्यस्तै स्पेनमा हालसम्म १० लाख १५ हजार ७ सय ९५ जना संक्रमित पुगेका छन् भने ३३ हजार ९ सय ९२ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै अर्जेन्टिनामा १० लाख २ हजार ६ सय ६२ जना संक्रमित भएका छन् भने २६ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको छ ।
प्रतिक्रिया