अमेरिकामा कोरोना संक्रमित बढ्दै, एकैदिन ७२ हजार थपिए

us_1

 

काठमाडौं । अमेरिकामा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । विगत केहीदिनदेखि दैनिक संक्रमित संख्यामा भारतलाई उछिन्दै आएको अमेरिकामा हालसम्म कोरोना संक्रमितको संख्या ९० लाख नाघेको छ ।

अमेरिकामा पछिल्लो २४ घन्टामा ७२ हजार ८५ जना नयाँ संक्रमित देखिएपछि अहिलेसम्म कोरोना संक्रमितको संख्या ९० लाख ३५ हजार ४३ पुगेको हो ।

अमेरिकामा पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९८० पुगेको छ । यससँगै हालसम्म अमेरिकामा मात्र २ लाख ३२ हजार २५ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।

हालसम्म ५८ लाख ७३ हजार ३ सय ५७ जना कोरोनामुक्त भइसकेको अमेरिका विश्वकै सबैभन्दा धेरै संक्रमित र कोरोनाबाट मानवीय क्षति ब्यहोरेको मुलुक हो ।

अमेरिका पछि भारतमा कोरोना संक्रमित संख्या रहेका छन् । भारतमा हालसम्म ७९ लाख ८८ हजार ८ सय ५३ जना संक्रमित देखिएका छन् भने १ लाख २० हजार बढीले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् । अमेरिकामा भन्दा भारतमा कोरोना मुक्त हुनेको संख्या बढी रहेको छ । भारतमा कोरोनामुक्त हुनेको संख्या ७२ लाख ५७ हजार १ सय ९४ जना रहेको छ ।

हालसम्म विश्वमा कोरोनाबाट ४ करोड ४२ लाख ३० हजार ८ सय ९५ जना संक्रमित भएका छन् भने ११ लाख ७१ हजार १ सय ९६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित