फ्रान्सको कहाली लाग्दो तथ्यांक, संक्रमितको ९३ प्रतिशत सक्रिय संक्रमित

fran_MN

काठमाडौं । पछिल्ला दिनमा अत्याधिक रुपमा बढ्दै गएको फ्रान्समा कोरोनाको कहालीलाग्दो तथ्यांक देखिएको छ । दोस्रो चरणको कोरोनाको लहर फैलिएको फ्रान्सका अधिकांश सहरमा लकडाउन घोषणा गरिएको छ ।

यसै क्रममा पछिल्लो २४ घन्टामा मात्र ४७ हजार ६ सय ३७ नयाँ संक्रमित थपिएका छन् । यससँगै फ्रान्समा हालसम्म कोरोना संक्रमितको संख्या १२ लाख ८२ हजार ७ सय ६९ जना पुगेको छ भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३६ हजार २० जना पुगेको छ ।

फ्रान्समा अर्को कहाली लाग्दो तथ्यांक त के छ भने १२ लाख संक्रमित मध्ये ११ लाख ३२ हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । फ्रान्समा हालसम्म जम्मा १ लाख १५ हजार २ सय ८७ मात्र कोरोनामुक्त भएका छन् । पछिल्लो २४ घन्टामा २ सय ३५ जना नयाँ संक्रमितको मृत्यु भएको छ ।

फ्रान्सका राष्ट्रपतिले आगामी १ महिनाका लागि देशभर लकडाउन घोषणा गरेका छन् ।

विश्वमा पछिल्लो २४ घन्टामा ५ लाख ४५ हजार बढी नयाँ संक्रमित थपिएका ४ करोड ५३ लाख १२ हजार ७ सय ६० जना पुगेका छन् भने एकैदिन ७ हजार १ सय ६७ जनाको मृत्यु भएसँगै हालसम्म कोरोनाबाट जयान गुमाउनेको संख्या ११ लाख ८५ हजार ७ सय ३३ पुगेको छ ।

विश्वमा सबैभन्दा धेरै संक्रमित र मृतकको संख्या अमेरिकामा रहेको छ भने त्यसपछि संक्रमितमा भारत र मृतकमा ब्राजिलमा शीर्ष दुई स्थानमा रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित