विराटनगर न्यूरो अस्पतालमा २ संक्रमितको मृत्यु
विराटनगर । विराटनगरको न्युरो अस्पतालले सञ्चालन गरेको कोभिड—१९ अस्पतालमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
मंगलबार बिहान विराटनगरका एक जना र धरानका एक जना पुरुषको मृत्यु भएको जनाइएको छ ।
उनीहरुको मृत्यु २० मिनेटको अन्तरमा भएको अस्पताल स्रोतले जनाएको छ । मंगलबार बिहान ३ः३० बजे धरानका पुरुष र ३ः५० मा विराटनगरको पुरुषको मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया