यी ३ कारण, जसले दिल्लीलाई आईपीएल फाइनल पुर्याउँदैछ
काठमाडौं । आईपीएल २०२० को पहिलो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्दैछन् । आईपीएलको लिग चरणका १४ खेलमा ९ खेल जित्दै मुम्बई शीर्ष स्थानमा रहँदै क्वालिफायर पुगेको थियो ।
त्यस्तै अन्तिम खेलमा आरसिबीलाई ९ विकेटको लज्जास्पद हार चखाउँदै नेपाली खेलाडी सन्दीप लामिछाने आबद्ध टिम दिल्ली क्यापिटल्स क्वालिफायर पुगेको थियो ।
बिहीबार साँझ युएईमा हुने यी दुई टिमबीचको विजयी टिम फाइनल प्रवेश गर्नेछ । पराजित हुने टिमले इलिमिनेटरमा विजयीसँग खेल्ने मौका पाउने छ । इलिमिनेटरमा आरसिबी र सनराइज हैदराबादबीच खेल हुनेछ ।
लिगको शीर्षस्थानमा रहेको मुम्बई इन्डियन्सलाई शानदार १० विकेटको हार चखाएर प्ले अफ प्रवेश गरेको हैदराबाद रनरेटका आधारमा १४ खेलमा ७ जित हात पार्दै आरसिबीसँगको भेट पक्का गरेको हो ।
नियमित कप्तान रोहित शर्माबिना मैदानमा उत्रने मुम्बईविरुद्ध दिल्ली क्यापिटल्सले सुखद नतिजा निकाल्दै फाइनल प्रवेश गर्ने सम्भावना बढी रहेको छ ।
यी हुन् दिल्लीको पक्षमा नतिजा जानसक्ने ३ कारणहरुः
१. नियमित कप्तान रोहित शर्मा नखेल्नु
२. पछिल्लो खेलमा दिल्लीले आरसिबीलाई ९ विकेटको विशाल हार चखाउनु
३. पछिल्लो खेलमा मुम्बई सनराइजर हैदराबादसँग १० विकेटले हार्नु
दिल्लीको सम्भावित प्लेइङ—११
शिखर धवन, पृथ्वी शा, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, मार्कस स्टोइनिस, अक्षर पटेल, कागिसो रबाडा, रविचन्द्रन अश्विन, डानियल साम्स र एनरिच नोर्टजे
मुम्बईको सम्भावित प्लेइङ–११
क्विन्टन डिकक, इशान किशन, सूर्यकुमार यादव, सौरभ तिवारी, किरण पोलार्ड (कप्तान), हार्दिक पाण्ड्या, कृणाल पांड्या, राहुल चहर, जेम्स प्याटिनसन, ट्रेन्ट बाउल्ट र जसप्रीत बुमराह
प्रतिक्रिया