भक्तपुर । अरनीको राजमार्गको बैकल्पीक सडकको रुपमा रहेको पुरानो बाटो पेप्सीकोला, सानो थिमी, बाखा बजार, निकोसेरा हुँदै सल्लाघारी खस्याङ्ग खुसुङ्ग खोलाको पुलसम्मको रोकीएर रहेको सडक विस्तार तथा स्तरोन्नतीको काम पुनः सुचारु हुने भएको छ ।
२० मिटर चौडा बाटो विस्तार, स्तरोन्नति र आस्फाल्ट पिचका लागि नेपाल सरकारबाट विनियोजित रु ६७ करोड ठेक्काको म्याद यहि पुष मसान्तसम्म मात्र बाकीँ रहेकोले उक्त सडक निर्माण कार्यलाई तिव्रता दिने सहमति भएको छ ।
उक्त सडक विस्तार तथा स्तरउन्नतीको लागि तीन स्थानमा समस्या उत्पन्न भएको थियो । जसमा एस. ओ. एस.देखि वन कार्यालय हुँदै पेप्सीकोला पुलसम्म थिमी बाखा बजार एरिया, निकुसेरा पुरानो बस्तिमा रहेका घरहरुको समस्याको सम्बन्धमा घरहरु नभत्काई विस्तार गर्ने र संगै रहेका वैकल्पिक बाटोहरु बाखा बजारसंगैको नगदेश हुँदै नगरपालिका जाने बाटो र सिद्धिकालिको पाइपलाइनको बाटोलाई विस्तार, स्तरोन्नति र कालोपत्रे गर्ने लगायतका विभिन्न वैकल्पिक उपायका साथ पुष मसान्तसम्म काम सम्पन्न गर्ने मुख्य स्थानीयवासी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत, स्थानीय जनप्रतिनिधिलगायतको छलफल पछि निर्माण कार्यलाई अगाडी बढाउने सहमति भएको हो ।
छलफलका क्रममा सांसद बस्नेतले स्थानीयवासीको समस्यालाई समाधान गर्ने, कुनै पनि आयोजना निर्माण गर्दा जनतालाई सुकुम्बासी नबनाउने, बैकल्पीक उपाहरु अपनाउने, आयोजना निर्माण गर्दा समस्या आउने जनताको लागि ल्याण्डपुलिङको माध्यमबाट समस्या समाधान गर्नेलगायतका कुराहरुमा जोड दिए ।
सांसद बस्नेत, सडक विस्तार आयोजनाका प्रमुख गुरु अधिकारी र इन्जिनियरहरु सहितको टिम, सम्बन्धित ठेकदार र जनप्रतिनिधिहरुद्वारा समस्या रहेका ठाउँहरुको निरीक्षण गर्नुको साथै सम्बन्धीत जग्गधनीहरुसँग फिल्ड मै बसेर छलफल गरी काम अगाडि बढाउने सहमति भएको हो । यो सहमति भएसँगै अब निर्माण कार्यले गति लिने भएको छ ।
त्यसतै सांसद बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटको अनन्तलिङ्गेश्वर मन्दिर एरियामा ८ मिटर चौडा बाटो, विस्तार र स्तारोन्नतिको लागि भैरहेको काम, वडा नं ४ र ७ को सिमाना गोकुल घाटबाट दधिकोटको खड्का गाउँ,कार्की गाउँ, लुबन्जार टोल हुँदै अनन्तलिङ्गेश्वर मन्दिरसम्म ८ मिटर चौडा बाटो विस्तार र स्तरोन्नतिको लागि भैरहेको काम, वडा नं ४ दधिकोटको तर्खगालबाट सिकारीटार जाने फाटको बाटो १० मिटर चौडा विस्तार र स्तरोन्नतिको लागि भैरहेको काम, सडक विभागद्वारा वडा नं ४ को चरखण्डीबाट दधिकोट हाइट हुँदै ॐ शान्ति मार्ग जाने बाटो ६ मिटर चौडा, विस्तार र स्तरोन्नति गर्ने क्रममा हाइटमा रहेको दुईवटा घरमा हुन सक्ने सम्भाव्य क्षेतिलाई समेत मध्यनजर गर्दै निर्माण भैरहेको बाटोको स्थलगत निरीक्षण, वडानं ७ र ४ जोडिने महादेब खोलामा निर्माणाधिन झुलूङ्गे पुलको स्थल गत निरिक्षण तथा वडा नं. ७, ५ र ६ वडाको सिमानामा पर्ने छेडोमा निर्माणाधिन पार्क, फुट ट्रायल, ओपन जिम, स्वीमिङ पुल, पिकनिक स्पोर्ट, फुटसल, भलिवल कोर्ट, बास्केटबल खेल मैदान लगायतका आयोजनाहरुको स्थलगत निरिक्षण तथा अनुगमन गरेका छन् ।
अनुगमनका क्रममा सांसद बस्नेतले देखिएको समस्याहरुलाई सुधार्न निर्देशन दिँदै निर्माणमा कुनै पनि कमजोरी नगर्न निर्माण कम्पनीलाई आग्रह गरे । उनले निर्धारित समयमा नै निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए । कुनै पनि आयोजना दिर्घकालिन तथा स्थायीत्व हुनुपर्नेमा जोड दिए ।
प्रतिक्रिया