सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क गर्ने मन्त्रीपरिषद्को निर्णय

mantri (1)

काठमाडौं । सरकारी अस्पतालमा कोरोनाको परिक्षण र उपचार निःशुल्क हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिको निर्णय सच्याउँदै सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।


यसअघि उपचारका लागि असमर्थ र निश्चित वर्गको मात्र परीक्षण तथा उपचार निःशुल्क गर्ने निर्णय भएकोमा अबदेखि सरकारी अस्पतालमा निःशुल्क उपचार गर्ने निर्णय गरिएको जनाइएको छ ।

मन्त्रीपरिषद् बैठकमा सहभागी एक मन्त्रीले भने, ‘अब सबै सरकारी प्रयोगशालामा कोरोनाको परीक्षण निःशुल्क हुनेछ, सरकारी अस्पतालमा कोरोना संक्रमितको निःशुल्क उपचार गरिने निर्णय भएको छ ।’

सर्वोच्च अदालतले १५ असोजमा कोरोनाको परीक्षण र उपचार निःशुल्क गर्न आदेश दिएको थियो ।

त्यसपछि सरकारले फैसला पुनरावेदनका लागि दिएको निवेदन समेत खारेज भएपछि आफ्नो निर्णय उल्टयाउँदै सरकारी अस्पतालमा कोरोना परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित