प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने भएः युवानेता बस्नेत
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अब फेसबुके प्रधानमन्त्री बन्ने बताएका छन् ।
पछिल्ला दिनमा प्रचण्डले आफूलाई आफ्नो पक्षको संसदीय दलको नेता घोषणा गरेपछि प्रधानमन्त्री बन्ने अभियान फेसबुकमा मात्रै सफल हुने बस्नेतले बताएका छन् ।
बस्नेतले प्रचण्डले २०६४ सालमा कार्यकारी राष्ट्रपछि भनेर वाल पेन्ट समेत गरिए पनि उनी भित्तामा मात्रै राष्ट्रपति बनेको स्मरण गर्दै यसपटक पनि फेसबुकमा मात्र प्रधानमन्त्री बन्ने कुरा बताए ।
नेकपाको ओली पक्षका प्रभावशाली एवं युवा नेता बस्नेतले प्रचण्ड अब कहिल्यै प्रधानमन्त्री बन्न नसक्ने बताउँदै भनेका छन्, ‘आज फेरि विघटित प्रतिनिधि सभाको पूर्वसांसदहरुको संसदीय दलको नेता हुनुभएछ, अब कहिल्यै बन्न नसक्ने प्रधानको अभिलाषा बोक्नुभएको क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ ।’
बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा छलाङ्ग, धक्का, क्रमभङ्ग, महाबिपत्तिको सिद्धान्तका प्रत्युपादक नेता क प्रचण्डको ०६४ सालको चुनाब अगाडी भाबी कार्यकारी राष्ट्रपति भनेर खुव बाल पेन्ट गराईयो फोटो टाँसियो। संबिधान निर्माण गर्दा उहाँले त्यो अडान छोडनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने भनेको संसदीय ब्यब्स्थामा सम्झौता गर्नु भयो। अनि त्यो सबै नाटक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।
आज फेरि बिगठीत प्रतिनिध सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता हुनु भएछ। अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अभिलाषा बोक्नुभएको क प्रचण्ड अब भित्ते राष्ट्रपति बाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।’
प्रतिक्रिया