काठमाडौं । संसद विघटनविरुद्धको मुद्दा सुनुवाई कै क्रम बाँकी रहेकाले आज पनि कुनै निर्णय नआई हेर्दाहेर्दैमा गएको छ । आइतबार संवैधानिक परिषद्को पूर्ण इजलासमा सुनुवाई सुरु भएको उक्त मुद्दामा बहसकै क्रममा रहेकोले हेर्दाहेर्दैमा गएको हो ।
इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगै न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीलाई आज पनि निरन्तरता दिइएको थियो ।
यससँगै सुनुवाई निरन्तर हुने सर्वोच्च स्रोतले जनाएको छ ।
प्रतिक्रिया