देश र जनताको पक्षमा कठोर निर्णय लिएँ
![](https://snowberry.prixacdn.net/media/mnn_gihbb4qamlhm2fyhdf1bgo1a9pryeooptvpkh9vthuqro3grgeqnpmjmsink.png)
संविधान संशोधन होइन पुनर्लेखनको माग गर्दै आएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार आफ्ना कार्यकर्ताहरूलाई मनोनयनपत्र दर्ता गराउन लगाएका छन् । उनको यो निर्णयबाट मधेसी मोर्चामा आवद्ध राष्ट्रिय जनता पार्टी नेपालले असन्तुष्टि जनाएको छ । राजपा नेपालका नेताहरूले अध्यक्ष यादवलाई ठूलो आक्षेप लगाए । मधेसको मुद्दा छाडेको आरोप लागेका बेला यादवले आफूलाई लागेका सबै आरोपहरूको खारेज गरेका छन् । उनले आफू देश र जनताका लागि महत्वपूर्ण निर्णय लिएको भन्दै मोर्चालाई अझै विस्तार गरेर जाने बताएका छन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवसँग गरिएको कुराकानी :
० तपाईहरूले त सबै एजेन्डा छाड्नु भयो रे ?
– जबसम्म मधेस र आदिवासी जनतामाथि विभेद र असमानता रहिरहन्छ । हाम्रो लडाईं जारी रहन्छ । केही व्यक्तिले संघीय फोरमले त मुद्दा छाड्यो भन्ने आरोप लगाएका छन् । हामीले कुनै पनि मुद्दा छाड्ने पक्षमा छैनौं । हामी संघर्षमा छौं ।
० तपाईविरुद्ध विभिन्न आरोपहरू आइरहेका छन् नि ? – हामीविरुद्ध धेरै किसिमका भ्रमहरू फैलिएका छन् । केही सञ्चारमाध्यमहरूको दुरुपयोग पनि गरिएको छ । हामीविरुद्ध लागेका आरोपहरूको कुनै सत्यता छैन ।
० मधेसी मोर्चालाई धोका दिएर तपाईहरू त चुनावमा जानु भयो ? – पहिलो चरणको चुनावमा मनोनय पत्र दर्ता गरिएको छ । मनोनय पत्र दर्ता गरिएपछि सारा देशमा चुनावी वातावरण बनेको छ । संघीय फोरमले परिपक्व निर्णय ग¥यो । हामीले सकैलाई धोका दिएका छैनौँ । राष्ट्र र जनताका लागि चुनावमा भाग लिने निर्णय गरिएको हो ।
० संविधान संशोधन त भएन ? – दोस्रो चरणको निर्वाचन अगाडि संविधान संशोधन गर्ने सहमति भएको छ । राज्यले हामीसँग प्रतिवद्धता गरेको छ । पहिलो चुनाव पछाडि र दोस्रो चुनाव अगाडि संविधान संशोधन भएन भने पहिलो चरणको चुनावको औचित्य हुँदैन । दोस्रो चरणको चुनाव पनि हुँदैन । मुलुक राजनीतिक संकटमा जान्छ । यो कुरा ठूला दलहरूले बुझ्नु जरुरी छ ।
० तपाईंहरूले किन उम्मेदवारी दर्ता गराउनु भयो त ? – निर्वाचनमा मनोनयपत्र दर्ता गराउनु राष्ट्र र जनताको हितमा हुन्छ भनेर नै उम्मेदवारी दर्ता गरिएको हो । हामी अहिले पनि आन्दोलनमा छौं । हाम्रा मुद्दामा कुनै परिवर्तन भएको छैन । मुद्दा छाडेका छैनौं ।
० तपाईंहरूले त संसदको चुनाव पहिला गरौं भन्नु हुन्छ किन ? – स्थानीय चुनाव प्रदेश सरकार मातहत गर्नुपर्ने हो । तर, सरकारले संविधान विपरित स्थानीय तहको चुनाव पहिला गर्दैछ । हामीले पहिला संसदको चुनाव गर्ने त्यसपछि प्रदेश चुनाव र प्रदेश सरकारको मातहतमा स्थानीय चुनाव गर्नुपर्छ भनेका हौं । त्यसलाई सम्बोधन गर्न संविधान परिमार्जन हुनुपर्छ । यो संविधान फाष्ट ट्रयाकको नाममा संविधानसभाको विधि र प्रक्रिया मिचरेर जनतालाई गोली ठेकेर जारी गरिएको हो । संविधानमा धेरै गल्ती र त्रुटि छन् । संविधान संशोधन गरेर राज्य पुनर्संरचनालाई सुदृढ गरौं । सहमतिका लागि भन्दै हामीले आन्दोलन स्थगित गरेर सहमतिमा आयौं । सरकार पक्षसँग वार्ता गरेर १६ गते केही सहमतिहरू भए त्यो सहमतिअनुसार संविधान संशोधन गर्ने प्रक्रिया अगाडि बढ्यो । त्यसमा हामीले सिमांकन र संविधान संशोधन गर्ने कुरा अरु घटकभन्दा फरक भन्यौँ । हिजो पनि मधेसको मुद्दा समाधान हुनु पर्छ । तिनको अधिकार सुनिश्चित हुनुपर्छ । आज पनि हामी सहमति चान्छौँ । संविधान संशोधन गर्ने सहमति भएका छन् । राज्यले प्रक्रिया अगाडि बढउनै पर्छ ।
० वैशाख १७ गते संविधान संशोधन त भएन किन ? – वैशाख १७ गतेका दिन मुलुकमा नाटकीय घटना घट्यो । संविधान संशोधनमा दुईतीहाई पुगेको थियो । प्रतिगामी शक्ति सक्रिय भए । राप्रपाका १० सांसद गायब गरियो । संशोधनविरुद्ध चाल चलियो । त्यही कारण संविधान संशोधन हुन सकेन ।
० तपाईले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग प्रस्तावको किन विरोध गरिरहनु भएको छ ? – पुलिसको अफिसरको बहानामा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग ल्याइयो । कार्यपालिकाले न्यायपालिकालाई नियन्त्रण गर्न खोज्नु गलत हो । पुलिस नियुक्तिमा सर्वोच्च अदालतले मानेन भन्ने आधारमा प्रधानन्यायाधीसलाई महाअभियोग प्रस्ताव दर्ता गराउने कार्य गलत छ । अहिले स्वतन्त्र न्यायपालिकाको अस्तित्व धरापमा छ । महाअभियोग प्रस्तव फिर्ता लिन प्रधानमन्त्रीसँग भनेका छौं । महाअभियोग प्रस्ताव फिर्ता लिनुपर्छ ।
० लोकतन्त्रलाई समाप्त पार्ने खेल भएको हो ? – केही विषयहरू निर्वाचनलाई प्रभावित बनाउन नाटकीय ढंगले आएका छन् । यो नाटकीय खेलभित्र लोकतन्त्रलाई समाप्त पार्ने खेलहरू भएका छन् । यसलाई समाप्त पार्नुपर्छ । लोकतन्त्रको रक्षा गर्नुपर्छ ।
० संविधान संशोधन विधेयक पारित होला त ? – राज्यले हामीसँग सहमति गरेको छ । प्रधानमन्त्रीले संसदमा प्रस्तुत भएको विधेयकलाई पारित गराउने प्रतिवद्धता दिएका छन् ।
० मधेसी मोर्चाले तपाईलाई गम्भीर आरोप लगाएका छन् नि ? – निर्वाचनमा भाग लिने भन्दै निर्वाचन अयोगामा पुगेर दल दर्ता र छाता चुनाव चिन्ह पाउनु पर्छ भन्ने साथीहरूले दुईचार दिन भए पनि खैरो खनौँ भनेर गलत प्रचार गरिएको छ । मविरुद्ध लगाइएका आरोपहरूको कुनै तुक छैन ।
० मधेसी मोर्चाको आवश्यक्ता छ कि छैन ? – हामी अहिले पनि संघर्षमा छौं । संघषमा रहेका बेला सहकार्य आवश्यकता छ । सँगै जानुपर्छ । कुनै व्यक्तिले मोर्चा औचित्य समाप्त भयो भन्छ भने तिनीहरूकै महत्व समाप्त हुन्छ । राजपा नेपालका साथीहरूले मोर्चाको आचित्य समाप्त भयो भनेका रहे छन् । बुधबार मात्रै चुनावमा सहकार्य गरेर जानुपर्छ राजपा नेपालका नेताहरू वार्ता गर्न आउनु भएको थियो । मोर्चा देश र मधेसको हितमा छ । मोर्चाको औचित्य समाप्त भयो भन्ने मधेसी मोर्चाका साथीहरू जो सोल्टी होटेलमा चिप्लो लुगा लगाएर अंगालो मार्दै पूर्वराजाको नातिको ब्रतबन्धमा जान्छन् । उहाँहरूले पनि लोकतन्त्रको कुरा गर्नु हुन्छ । बरु मोर्चालाई फराकिलो बनाउनु पर्छ । अगाडि बढाउनु पर्छ ।
० स्थानीय तहको चुनावमा मनोनयन दर्ता गर्नुका खास कारण के हो ? – मुलुकको समस्या समाधान र प्रतिगामीको खतरासँग मुकाबिला गर्न मनोनयपत्र दर्ता गरिएको हो ।
० संविधान संशोधन विधेयक तपाईले भनेअनुसार भएन भने के गर्नु हुन्छ ? – राज्यले गरेको प्रतिवद्धता अनुसार संशोधन विधेयक पारित हुनुपर्छ । दोस्रो चरणको चुनावमा अगाडि संशोधन हुन्छ भन्ने विश्वास छ । यदि संशोधन भएन भने हामी सडकमा जान चौबीसै घण्टा तयार छौं ।
० दोस्रो चुनाव भएन भने के हुन्छ ? – दोस्रो चुनाव भएन भने पहिलोको गणना हुँदैन । दोस्रो चुनाव संशोधन पछि मात्रै हुन्छ । संशोधन विना मधेसमा चुनाव हुँदैन । देशमा एउटा भागमा चुनाव हुने । अर्को भागमा नहुने कुरा राष्ट्रहित विपरित हुन्छ । सत्तारुढ दलले गम्भीर रुपमा लिनै पर्छ । संशोधन भएन भने पहिलो चरणको चुनावको मत डम्पिङमा जान्छ ।
० सरकारलाई समर्थन दिनु हुन्छ किन दिनु हुँदैन ? राजपा नेपालले त समर्थन गरे छ ? – हामीले सरकारलाई दिएको समर्थन लिएका हौं । अहिले त्यस विषयमा कुनै पनि निर्णय भएको छैन । सरकारले बन्दी रिहाइ, मुद्दा खारेजी, संविधान संशोधन नगरेकाले समर्थन फिर्ता लिइएको हो । पार्टीगत रुपमा कसैले समर्थन दिन सक्छ । काँधमा बोक्न सक्छ । त्यसमा मलाई भन्नु केही छैन ।
० बन्दीहरू रिहाइ भएन भने के गर्नु हुन्छ ? – आन्दोलनका क्रममा पक्राउ परेका नेता तथा कार्यकर्तालाई विनासर्त छाड्नु पर्छ । उनीहरूलाई चुनावमा भाग लिने अवसर दिनुपर्छ । मुद्दा खारेज गर्नुपर्छ । यि सहमति कार्यान्वयन नगरेर निर्वाचनको वातावरण बन्दैन । तराई र हुम्ला, जुम्लाको वातावरण एउटै छैन ।
० निर्वाचनप्रति तपाईको ठूलो सदासयता देखियो नि ? – ठूला राजनीतिक दलहरू सम्बेदनशील बन्नु पर्छ । संशोधन बाहेक अन्य कुनै बाटाहरू छैनन् । पहिलो चरणको चुनावमा सदासयता देखाइएको हो । मुलुकमा आएको संघीय लोकतान्त्रिक गणतन्त्र, परिवर्तन र प्रतिगामी हमलाहरूलाई निस्तेज पार्न चुनावमा मनोनयनपत्र दर्ता गरेका हौं । आन्दोलनबाट प्राप्त अधिकारको संरक्षण गर्नका लागि अगाडि बढेका हौं । देश र जनताको हितमा हामीले निर्णय लिएका हौं ।
![विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Web%2520Post%2520Zone%2520(7)_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_9tIQTo2NUh_pa162qun8q7qi5fvyzypiq5riwvrxmdfa1xta2jd5h4t9vosodyc1lgtionb.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल
![निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह](https://snowberry.prixacdn.net/media/gallery_folder/Rabi%2520Singh_CU0wxHdaXg_nmvs8woqt44bzmpr3czgmrpuzi8cweqpzpc2cpwu7ywgpuwxynzppagqsdbq_7A5xIcecjo_uxit8zg53b2ygquqstv5umbcgkun0gnsom8iapsflkisvy85tijlkgq5u5xn.jpg)
निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
![अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी](https://snowberry.prixacdn.net/media/gallery_folder/Arun%2520Subedi%2520%2520(2)_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_SKVToJkNEo_4hglr9cwjbhsthu7nswcujerroy8gcssmwlrfkzvrkwrmfiusxsqgu1tzxiz.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी
![यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Web%2520Post_148A0jdxdb_537ycdqiue7pfrk3m3tzjlp5ockv3eq6oinhumzmx8ldqwrfxf2qzfvtencc_pw7beOcTFj_zsjxp5hx913gnv7ojyxqbxnqgfkbgkj3mc7f5rvgcvbwqzgrvtfoy322xvvh.png)
यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल
![बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु](https://snowberry.prixacdn.net/media/gallery_folder/newskarkahna-news743890._iMuD7WHcwM_vc2gy4ikejbfjogrf5x5fum5d9bgcz5zg904in8lldtynr38kmj3p1qwboem_vfigCNducJ_fvjb0mkoq6m2vqa8hxfwcuotlvdj8u9biubtnhclgl8479t0g6vw2thcfgp5.jpg)
बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु
![आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/1000025461_5i57Gl1gz9_w0zg5gxmi0imdlloex99k7fyzwocqnfuvrr6jft3amp9sxkkelo4erlxppcu_b8wVHYO1H2_vp3fzkxpp7jab8ds7uvncymbkd1wxxzy4yatmtu3cyqngmixuz8d2ujoovcd.jpg)
आइपिएलमा आज कोलकोता र मुम्बई भिड्दै
![प्रविधिको युगमा सेवाग्राहीलाई लाइनमा राखेर सेवा दिन मिल्दैन](https://snowberry.prixacdn.net/media/mnn_gihbb4qamlhm2fyhdf1bgo1a9pryeooptvpkh9vthuqro3grgeqnpmjmsink.png)
प्रविधिको युगमा सेवाग्राहीलाई लाइनमा राखेर सेवा दिन मिल्दैन
![हुप्सेकोट कांग्रेसकी पालिका प्रमुख उम्मेदवार पाण्डेमाथि एमाले कार्यकर्ताद्वारा आक्रमण](https://snowberry.prixacdn.net/media/mnn_gihbb4qamlhm2fyhdf1bgo1a9pryeooptvpkh9vthuqro3grgeqnpmjmsink.png)
प्रतिक्रिया