नवलपरासी र मकवानपुरका दुई नेपाली कामदारले भवितव्यमा परेर लाखौं रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने
नवलपरासी, मध्यविन्दू–४ का ३६ वर्षिय थानेश्वर भुसालले चलाएको गाडी दुर्घटनामा पर्दा दुई साउदी नागरिकको ज्यान गएपछि अदालती निर्णयअनुसार ४५ लाख रुपैयाँ ‘ब्लड–मनी’ तिर्नैपर्ने परिवन्दमा परेका छन् । चार वर्षअघिको सडक दुर्घटनाका बारेमा हालै स्थानीय अदालतले निर्णय गरेको र उनी अहिलेसम्म जेलमैं रहेको भुसालका आफन्तले बताएका छन् ।
यसैगरी, मकवानपुर, मार्खु–८ का २७ वर्षिय दिनेश गोले पनि आफूले कुदाइरहेको पानी ट्यांकरमा पछाडिबाट आएको कार ठक्कर लाग्दा घटनाथलमैं ४ यात्रुको निधन भएपछि गत वर्ष अक्टोबर महिना यता अदालती निगरानी तथा कारवाही प्रकृयामा छन् । गोलेले मृतक परिवारलाई जनही ७५ हजार रियाल गरेर झण्डै ९० लाख रुपैयाँ ‘ब्लड–मनी’ तिर्नुपर्ने भएकाले उनी पनि बिचल्ली पूर्ण अवस्थामा रहेको जानकारी दिइएको छ । प्रवासी नेपाली समन्वय समितिले पीडितद्वय भुसाल र गोलेलाई उद्धार समन्वय गर्ने क्रममा पीडितका परिवारलाई राखेर पत्रकार सम्मेलन गराएको हो ।
प्रतिक्रिया