१५ महिनापछि पाउने भने नेपाली क्रिकेटरले तलव

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले नेपाल क्रिकेट संघको बिवादसँगै निलम्बनमा परेपछि नेपाली क्रिकेट खेलाडीको रोकिएको १५ महिनाको तलव उपलब्ध गराउने निर्णय गरेको । आईसीसीको बोर्ड बैठकले नेपाली खेलाडीलाई १५ महिनाको तलव उपलब्ध गराउने आईसीसी डेभलपमेन्ट कमिटीको प्रस्ताव स्वीकृत गरेको हो । साथै निलम्बन फुकुवाका लागि भइरहेको प्रक्रियाको पनि आइसीसीले स्वागत गरेको छ । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आईसीसीले २०७३ बैशाखमा नेपाल क्रिकेट संघ निलम्बन गर्ने निर्णय गरेको थियो । निलम्बनसँगै क्यानको बैंक खाता पनि रोक्का भएको थियो । त्यसयता खेलाडीले तलव पाउन सकेका थिएनन् । आईसीसीले क्यान निलम्बनमा परेपनि राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय सहभागिता यथावत राखेको थियो । क्यान निलम्बनमा परेपछि नेपालले आइसीसी विश्व क्रिकेट लिग च्यामिपयनसीप अन्तर्गतका दुई चरणका चार खेल खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित