अन्ततः सपना पूरा ! मेलम्चीको पानी काठमाडौंको धारामा

dhara

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं सन्त नेता कृष्णप्रसाद भट्टराईको सपना अन्ततः पूरा भएको छ । काठमाडौंबासीलाई मेलम्ची खोलाको पानी घरका धारामा थाप्ने सपना भट्टराईले नै देखाएका थिए ।

मेलम्ची खानेपानी आयोजनाले सुन्दरीजलबाट ११ बजे मीनभवन, महांकाल, अनामनगर र ललितपुरको खुमलटारको नयाँ ट्याङकीमा पठाएसँगै दिउँसोदेखि धाराबाट आउन थालेको हो।

पहिलो दिन पुरानो वितरण लाइनबाट मेलम्चीको पानी धारामा छोडिएको छ। चार करोड लिटर पानी आइतबार वितरण हुँदैछ। अनामनगरलगायतका क्षेत्रका करिब १६ सय भन्दा बढी नयाँ धाराहरुबाट पानी आएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित