केपी ओली नेतृत्वका नयाँ मन्त्रीहरूले लिए सपथ (नामावलीसहित)

Sapath_22
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरुले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।एमालेका पुराना अधिकांश मन्त्रीलाई समेत हटाएर ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
ओली सरकारमा अब सरकारमा ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्रीको टीम बनेको छ । ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा रहेका मन्त्री र उनीहरुले सम्हालेका मन्त्रालय
- प्रधानमन्त्री केपी शर्मा ओली - रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
- विष्णु पौडेल - उपप्रधानमन्त्री, अर्थ
- राजेन्द्र महतो - उपप्रधानमन्त्री, शहरी विकास
- रघुवीर महासेठ - उपप्रधानमन्त्री, परराष्ट्र
- शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
- कृष्णगोपाल श्रेष्ठ - मन्त्री, शिक्षा
- बसन्तकुमार नेम्वाङ - मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
- लीलानाथ श्रेष्ठ - मन्त्री, कानून न्याय तथा संसदीय मामिला
- शरतसिंह भण्डारी - मन्त्री, ऊर्जा
- अनिल झा - मन्त्री, खानेपानी तथा सरसफाई
- विमल श्रीवास्तव - मन्त्रीश्रम तथा रोजगार
- उमाशंकर अरगरिया - मन्त्री, वन तथा वातावरण
- लक्ष्मणलाल कर्ण - मन्त्री, भूमि व्यवस्था
- चन्दा चौधरी - मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
- एकवाल मियाँ - मन्त्री, युवा तथा खेलकुद
- चन्द्रकान्त चौधरी - राज्यमन्त्री, ऊर्जा
- रेणुका गुरुङ - राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

शीतल निवासमा धान रोपाइँ

नर्सहरूको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छ- प्रधानमन्त्री

एकीकृत समाजवादीको पोलिटब्यूरो बैठक सोमबार बस्दै

कांग्रेसको निष्कर्ष- संसद चलाउन सरकार र सभामुख संवेदनशील भएनन्

महानगरले धरपकड गरेको भन्दै कवाड व्यवसायीहरुद्धारा प्रधानमन्त्रीको ध्यानाकार्षण

संसद बैठक १५ मिनेटका लागि स्थगित

रवि लामिछानेलाई प्रधानमन्त्रीले क्लिन चिट दिएर हुदैन, छानबिन हुनुपर्छ- सिटौला

प्रतिक्रिया