प्रतिनिधि सभा विघटन मुद्दामा आज सुनुवाई हुँदै

MN_Judge

काठमाडौं । प्रतिनिधि सभा विघटन विषयको मुद्दामा आज (बुधबार) सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा बिरामी भएपछि हेर्दाहेर्दैमा राखिएको यस मुद्दामा आजका लागि पेशी तोकिएको थियो।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले गठन गरेको संवैधानिक इजलास सम्बन्धमा बिबाद देखिएको थियो। सरकार पक्षका वकिलहरूले यसबारे प्रश्न उठाएका थिए।

गत आइतबार सुनुवाइका क्रममा सरकारी वकिलले संवैधानिक इजलासका सदस्यबारे प्रश्न उठाएका थिए। त्यसपछि सोमबारका लागि तोकिएको पेशी प्रधानन्यायाधीश बिरामी भएपछि स्थगित गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित