हेलम्बुले निकाल्यो बाढीबाट बेपत्ता र क्षतिको विवरण (सूचीसहित)
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले असार १ गते आएको बाढीमा परी हालसम्म २३ जना बेपत्ता भएको जनाएको छ ।
गाउँपालिकाले बाढी पहिरोबाट पुगेको मानवीय तथा भौतिक क्षतिको विवरण शनिबार सार्वजनिक गर्दै चार महिलासहित १९ पुरूष बेपत्ता रहेको जनाएको हो । गाउँपालिकाले बेपत्ताको सूची अझै बढ्न सक्ने पनि जनाएको छ ।
गाउँपालिकाले जारी गरेको विज्ञप्तिमा असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरोको कारण बाढी आएको जनाएको छ ।
बेपत्ता हुने २३ जनामध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक समेत छन् ।
प्रतिक्रिया