उपत्यकामा निषेधाज्ञा हटाइ आदेश जारी, भौतिक रुपमा विद्यालय सञ्चालन नहुने (आदेशसहित)
काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा हटाउने आदेश प्रशासनले दिएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले ५ महिनादेखि विभिन्न हिसाबले लगाइएको निषेधाज्ञा विहीबारदेखि हटेको छ।
उक्त निषेधाज्ञाको ठाउँमा आदेश जारी भएको छ। आदेशमा भौतिक रुपमा विद्यालय सञ्चालन गर्न नपाइने यदि गर्नै पर्ने भएमा कोभिड—१९ संकट व्यवस्थापन केन्द्रको स्वीकृति लिनुपर्ने जनाइएको छ ।
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडिओ) को बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो। अब विभिन्न मापदण्डलाई अनिवार्य गर्दै आदेश जारी गरिएको छ।
यसअघि जारी गरिएको निषेधाज्ञाको समयावधि बुधबार साँझ १२ बजेदेखि सकिँदै थियो ।
आदेशः
प्रतिक्रिया