भक्तपुरको इतिहास दर्शाउने ‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ पुस्तक सार्वजनिक
भक्तपुर । आरती गुठी निवा सङ्घका अध्यक्ष संघरत्न शाक्यद्वारा लिखित भक्तपुरको ४०० वर्षअघिको इतिहास समेटिएको ‘ख्वपया निवा शाक्य तय्गु इतिहास’ (भक्तपुरका निवा शाक्यको इतिहास) नामक पुस्तक सार्वजनिक गरिएको हो ।
भक्तपुरका प्राध्यापक सुवर्ण शाक्यले पुस्तक विमोचान गर्दै पुस्तकमा समेटिएका विषय वस्तुले इतिहासलाई जीवित बनाएको चर्चा गरे । कार्यक्रममा लेखक शाक्यले भक्तपुरका प्रसिद्ध सुनका गजुर, मूर्ति, स्वर्णद्वारलगायत निर्माणमा निवा शाक्यको भूमिका र योगदान महत्वपूर्ण रहेको ४०० वर्ष अगाडिका विषय पुस्तकमा समेटिएको बताए ।
कार्यक्रममा त्रिरत्न शाक्य, प्रा सिद्धिरत्न शाक्य, साहित्यकार तिलकप्रकाश कायस्थ, बौद्ध विद्वान रत्नसुन्दर शाक्यलगायतले भक्तपुरको लुकेको इतिहास उजागर गर्न र राजा महाराजाहरुको मात्र नभई कामदारहरुको समेत इतिहासबारे बुझ्न पुस्तकले सघाउ पु¥याउने बताए ।
पुस्तकमा मल्लकालीन राजा विश्व मल्लदेखि रणजीत मल्लसम्मको इतिहास समेटिएको छ ।
प्रतिक्रिया