अस्मिता धामी हत्यामा संलग्न पत्ता नलगाएको भन्दै प्रहरी कार्यालयमै तालाबन्दी
डडेल्धुरा । डडेलधुरा जिल्लाको परशुराम—८ को जमरानी आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अस्मितादेवी धामीको शव फेला परेको दुई महिनाभन्दा बढी भइसक्दा समेत प्रहरीले अपराधी पत्ता लगाउन नसकेको भन्दै स्थानीय आन्दोलनमा उत्रिएका छन्।
घटनाबारे ढाकछोप गरेको भन्दै आन्दोलित स्थानीयले बुधबार इलाका प्रशासन कार्यालय जोगबुढामा तालाबन्दी गरेको छन्। हत्यारा पत्ता नलगाउँदासम्म ताला नखोल्ने संघर्ष समितिका संयोजक धनबहादुर बोहराले जानकारी दिए।
परशुराम नगरपालिकाले अस्मिताको न्यायका लागि गठन भएको संघर्ष समितिसँग ६बुँदे सम्झौता गरे पनि अझै कार्यान्वयन नगरेको संघर्ष समितिको आरोप छ।
पीडित परिवारलाई १० लाख क्षतिपूर्ति दिने र अस्मिताका पति अमर धामीलाई जमरानी स्वास्थ्य केन्द्रमा रोजगारी दिनेलगायत छन्। तर, त्यो सम्झौता अझै पनि कार्यान्वयन भने नभएको संघर्ष समितिका संयोजक बोहराले बताए।
उता प्रहरीले भने घटनाका सूक्ष्म अनुसन्धान गर्नका लागि जिल्ला र प्रदेशको टोली खटाइएको छ ।
शव फेला परेको दिनदेखि निरन्तर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। तर, प्रहरीसँग ठोस परिणाम हात पर्न सकेको छैन्। अनुसन्धानका क्रममा हात परेका प्रमाणले हत्यारा सार्वजनिक गर्न पर्याप्त नभएको प्रहरीको भनाइ छ। डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपाल आफैं घटनास्थलमा खटिएका थिए। तर, पनि प्रहरीले घटनाबारे यथार्थ बाहिर ल्याउन सकेको छैन ।
प्रतिक्रिया