लायन अग्रज र सदस्य मित्रहरुको समर्थनमा मेरो उम्मेदवारी

संसारको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाको रुपमा लिइने संस्था हो लायन्स क्लव  ।  लायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको छ । सन् १९१७ मा अमेरिकामा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका सदस्यहरु १४ लाख नाघिसकेका छन् । नेपालमा मात्र २५ हजार भन्दा बढि सदस्यहरु लायन्समा आवद्ध छन् । नेपालमा ८५५ वटा लायन्स क्लव सञ्चालनमा छन् । यसले विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । indu lamsalलायन्समा आवद्ध भएकाहरुले आफूसँग बचेको थोरै रकम र समय खर्चेर आफूभन्दा कम अवसर पाएका जो कोहीलाई सेवा गर्ने काम गर्दै आएको छ । लायन्सलाई विशेष गरेर स्वास्थ्य क्षेत्रमा पनि आँखामा लाग्ने रोग मोतीविन्दुको उपचार गर्ने संस्था भनेर पनि चिनिन्छ । नेपामा पनि लायन्सले हजारौं व्यक्तिको मोतीविन्दुको शल्यक्रिया गर्न सफल भइसकेको छ । तराई क्षेत्रमा मोतीविन्दू निर्मूलप्रायः भएको छ । त्यसैले यतिबेला लायन्स क्लव नेपाल दुर्गम क्षेत्रतिर लागेका छ । यतिमात्र होइन लायन्सले शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । छात्रवृत्ति प्रदान, कपि कलम वितरण, जाडो मौसममा न्यानो कपडा वितरण, नैतिक शिक्षा प्रदानलगायतका काम पनि गर्दै आएका छ । यसै वर्ष नै लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी ले पहिलो चरणमा २०७२ सालमा भूकम्पपछि पूर्ण रुपमा क्षति भएका काठमाडौं, धादिङ र गोरखाका आठ बटा विद्यालयको पुनः निर्माण गर्दै छ भने दोस्रो चरणमा अन्य क्षेत्रमा लगानी गर्ने भएको छ । लायन्स भनेको विशुद्ध सामाजिक सेवा गर्ने संस्था भएकाले यसका सदस्यहरुले आफ्नै पैसा लगनी गरेर आफै स्वयम् सेवक भएर काम गर्दै आएका छन् । तर, ठूला–ठूला प्रोजेक्टका लागि भने लायन्स क्लव अन्तर्राष्ट्रिय फाउण्डेसन मार्फत लगानी भित्र्याउँने गरिन्छ । यसरी नै लायन्स क्लव त्रिवी शिक्षा अस्पताल महारजगञ्ज(टिचिङ) मा ६ लाख डलर बराबरको रकम लगानी गरेको छ । त्यसैगरी मिनभवनमा आँखा अस्पताल सञ्चालन गरेको छ । गत वर्ष मात्रै गण्डकी अस्पताल पोखरामा हर्ट केयर सेन्टर स्थापना गरेका छ भने लेखनाथमा एक लाख डलर बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान गर्ने भएका छौं । क्लवले भूकम्पमा पूर्ण क्षति भएका विद्यालयहरुको पुनःनिर्माणका लागि पनि ५० करोड बराबरको आर्थिक रकम अन्तर्राष्ट्रिय फाउण्डेसनमार्फत भित्र्याउन लागेको लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वीले जनाएको छ । सबैका लागि बरदान सावित भएको लायन्स क्लव यतिबेला चुनावी तयारीमा जुटेको छ । लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते राष्ट्रिय महाधिवेसन हुने भएको छ । डिस्ट्रिक ३२५ बी १ मा मात्र ३०० क्लव रहेका छन् भने ८ हजार ७ सय भन्दा बढि सदस्यहरु आवद्ध छन् । काठमाडौंमा आयोजना हुने ५ औं राष्ट्रिय महाधिवेसनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नर पदका लागि लायन्स क्लब अफ काठमाडौं भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिएकी छन् । १६ वर्षदेखि लायन्समा आवद्ध भएर लायनवादमा समर्पित रहेकी लायन लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाडौं क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव ‘लायन्स क्लव अफ काठमाडौं भृकुटी’ को संस्थापक अध्यक्ष हुन् । १० वर्ष भन्दा बढी डिष्ट्रिक्टका महत्वपूर्ण पदमा रही सेवा गर्दै आएकी लायन लम्सालले अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई त्यहाँबाट प्राप्त ज्ञानलाई लायनवादको मुल्य र मान्यतामा समर्पित रहेर प्रयोग पनि गर्दै आएकी छन् । लायनवादको विकास र विस्तारका लागि क्रियाशिल लायन लम्सालले चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई समाज सेवाप्रति जागरुक बनाउने मात्र नभई महिलाहको शशक्तिकरणका लागि महत्वपूर्ण भूमिका निभाउँदै आएकी छन् । विगत १७ वर्षदेखि नै लायन्सवादको विकास र विस्तार तथा हितका लागि क्रियाशिल भएर लागेकी लायन लम्साललाई लायन अग्रजहरु तथा धेरै सदस्यहरुको साथ र समर्थन रहेको छ । त्यसैले लम्साल आफूले जित्नेमा पनि ढुक्क भएको बताउँछिन् । उनी भन्छिन्–‘साथीहरुले मैले लायन्समा रहेर गरेको दुःख र परिश्रमको पक्कै पनि कदर गर्नुहुनेछ ।’ तपाई लायन्समा लागेर कसरी काम गर्दै आउनु भएको छ ? भन्ने पश्नमा उनी भन्छिन्–‘ जहाँ समस्या छ, जहाँ अप्ठेरो छ पक्कै पनि यहाँ लायन्स क्लव पुगेकै हुन्छ । हामीले पनि सुने र देखेसम्म समस्या, अप्ठेरो र दुःखमा परेका जो कोहीलाई पनि सहयोग गर्दै आएका छौं । आफूसँग भएको केही रकम कसैलाई दिंदा उसलाई सहज हुन्छ भने हामी त्यस्ता कामहरु गर्छौं । जस्तैः कोही व्यक्ति रकमको अभावमा उपचार नपाएर अस्पतालको शैयामा छट्पटाई रहेको छ भने त्यहाँ पुगेर उसको उपचारमा सहयोग गर्छौं । त्यतिमात्र होइन हामीले बृद्धा आश्रम, अनाथालयलगायतमा पनि खाना लत्ताकपडा र आर्थिक सहयोग गर्दै आएका छु । यस्ता कामका लागि मलाई सबै सदस्य साथीहरुले साथ दिनु भएको छ । indu lamsal1 सन् २००१ बाट नै लायन्स क्लवमा आवद्ध लायन लम्साल लायन्स भित्र पनि महिलाहरु छायाँमा परेको अनुभूति भएपछि महिलाहरुमात्र आवद्ध रहेर लायन्स क्लव अफ भृकुटी काठमाडौंको स्थापना गरेको बताउँछिन् । महिलाहरुलाई कसरी चुलो चौकोबाट बाहिर निकाल्ने, उनीहरुलाई कसरी सामाजिक कार्यमा सहभागि गराउने, महिलाहरुलाई कसरी अगाडि बढाउने भन्नेमा नै यो संस्था केन्द्रित भयो । त्यतिमात्र होइन कयौं एकल र असक्षम महिलाहरुलाई स्वरोजगारको अवर प्रदान गर्ने काम पनि ग¥यो । जब लायन्समा आवद्ध महिलाहरुको संख्या बढ्दै गयो तब लायन्स क्लव अफ भृकुटी काठमाडौं महिला वर्गमा मात्र केन्द्रित नभई समग्र लायन्सको हितका लागि लाग्नु पर्छ भनेर अगाडि बढिरहेको उनको भनाई छ । लायन इन्दु लम्साललाई द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरमा किन जिताउने त ? भन्ने प्रश्नमा उनको धारणा यस्तो छ : ‘मैले अघि पनि भने एउटा महिला १७ वर्षदेखि लायन्समा लागेर पु¥याएको योगदाको कदर पक्कै पनि गर्नै पर्छ । लायन्सप्रति मेरो लगाव, क्रियाशिलता, योगदान देखेर नै लायन्सका अग्रजहरुले पनि मलाई नेतृत्व तहमा जान सल्लाह दिनु भएको छ । लायन्समा लागेर मैले पु¥याएको योगदान लायन्समा आवद्ध सम्पूर्ण साथीहरुलाई पूर्ण रुपमा जानकारी छ नै । त्यसैले पनि मलाई अब उहाँहरुले साथ दिनुपर्ने बेला आएको छ । भाइस डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित भएको खण्डमा सबैभन्दा पहिले त डिस्ट्रिकलाई परिमार्जन गर्ने सोचमा छिन् लायन लम्साल । अग्रजहरुले गरेका राम्रा कामको अनुशरण गर्दै उनले महिलाहरुलाई फोकस गरेर नयाँ कार्यक्रहरु ल्याउन पहल गर्ने, आर्थिक पारदर्शितामा जोड दिने र डिस्ट्रिक गभर्नरहरुलाई सफल बनाउनका लागि हरदम लागि पर्नेमा पनि उनको जोड छ । दुई वर्षपछि आफू डिस्ट्रिक गभर्नर भएपछि डिष्ट्रिक्टका हरेक गतिविधि तथा आर्थिक क्रियाकलापलाई पारदर्शी रुपमा प्रस्तुत गर्ने, डिष्ट्रिक्ट क्याविनेटमा महिलाहरुलाई अधिकतम प्राथमिकताका साथ स्थान दिने, महिला सशक्तीकरणका विशेष कार्यक्रम ल्याउने, डिष्ट्रिक्ट सचिवालयलाई ब्यवस्थित र आधुनिकीकरण गर्ने एवं सबै सूचना प्रणालीमा आमुल परिवर्तन ल्याउने, नेपाल लायन्स फाउन्डेसन (एलएलसी) लाई अझ बलियो  बनाउनेतर्फ म क्रियाशिल भएर लाग्ने उनले बताइन् । त्यतिमात्र होइन प्रशिक्षण, सेमिनार तथा नेतृत्व विकासका (जस्तैः एलएलसी ) कार्यक्रमहरु विशेष जोडका साथ सञ्चालन गर्ने, क्लबहरुमा आ—आफ्नो ठाउँलाई आवश्यक पर्ने प्रोजेक्ट बनाउन मद्दत पु¥याउने र त्यस्ता प्रोजेक्टहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट स्विकृत  गराउन पहल गर्ने, मोफसलका क्लबलाई विशेष प्राथमिकताका साथ सहयोग गर्ने कार्यक्रमा पनि उनको सहभागिता रहने छ । सम्पूर्ण लायन्स लिडर, सदस्य मित्रहरुको मनोभावनालाई बुझेर नै आफूले उम्मेदवारी दिएको बताउँदै उनले सदस्य साथिहरुले अत्याधिक बहुमतबाट विजयी गराउनेमा आफू ढुक्क रहेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित