सिराहामा कर्फ्यू घोषणा, आज र भोली हिँडडुलमा समेत रोक 

Siraha

सिराहा । विगत केही दिनदेखि आम हड्तालको नाममा जनमत पार्टीले गरेको चक्काजाम र सवारीसाधन, प्रहरीमाथिको आक्रमणका कारण सिरहामा आज बिहानैदेखि कर्फ्यू गरिएको छ।

जनमत पार्टीले केही दिनदेखि गरिरहेको आमहड्ताल र चक्काजामले सर्वसाधारणमा पर्न सक्ने जोखिमलाई ध्यान राख्दै कर्फ्यू घोषणा गरिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले पुस १३ र १४ गते निषेधाज्ञा गरिएको बताए। बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म भेला हुन र बाहिर हिँडडुल गर्न रोक लगाइएको छ।

साथै निषेधाज्ञाका बेला पनि राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सञ्चालन हुने प्रजिअ कवारीले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित