नेपाललाई एजुकेशन हब बनाउन प्रयास गर्नेछु

निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन प्याब्सनमा नयाँ नेतृत्व आएको छ । युवा पुस्तामा आएको नेतृत्वमा उपाध्यक्ष पदमा निर्वाचित भ्याली पब्लिक उच्च माध्यामिक विद्यालयका संस्थापक प्रधानाध्यापक कृष्णप्रसाद अधिकारी प्याव्सनका साथै विद्यार्थी र अभिभावकको हितका लागि काम गर्दै अगाडि बढ्ने बताउनुहुन्छ । सरकारले एकलौटी रुपमा विना तयारी नीति बनाउँदा त्यसले विद्यालय क्षेत्रमा गम्भिर असर परेको उहाँको भनाई छ । प्याब्सनको काम, कर्तव्य, अधिकार, भ्यालि पब्लिकको अवस्था, नेपालको शैक्षिक अवस्था, भावि योजना लगायतका विषयमा उपाध्यक्ष अधिकारीसँग mynewsnepal.com का लागि कुमार भण्डारीले गरेको कुराकानी : krishna prasad adhikari ० प्याब्सनको उपाध्यक्षमा निर्वाचित हुनु भएको छ, अब कसरी अगाडि बढ्नुहुन्छ ? – प्याब्सनमा म पहिलो पटक प्रवेश गरेको होइन । वि.सं. २०५० सालदेखि नै प्याब्सनमा आवद्ध रहँदै आएको छु । काठमाडौं जिल्ला सदस्य हुँदै चार पटक सम्म केन्द्रिय सदस्य, दुई पटक केन्द्रिय सचिव र प्रदेश उपाध्यक्ष हुँदै अहिले उपाध्यक्ष भएको हुँ । उपाध्यक्षमा निर्वाचित हुँदा खुसी छु । खुसी सँगसँगै जिम्मेवारी पनि थपिएका छन् । आफ्नो जिम्मेवारी बोध गर्दै प्याव्सन सँगसँगै विद्यार्थी र अभिभावकको हितका लागि काम गर्दै अगाडि बढ्नेछु ।

० प्याब्सनले के–के काम गर्दै आएको छ ? – प्याब्सन भनेको निजी तथा आवासिय विद्यालयहरुको छाता संगठन हो । यसको मुख्य काम भनेको निजी तथा संस्थागत विद्यालयहरुलाई केन्द्रित गरेर अगाडि बढ्नु नै हो । प्याब्सनले विद्यालयहरुको हक हितका लागि काम गर्दै नीति नियम निर्माण गर्ने, निर्देशिका बनाएर अगाडि बढ्ने वातावरण सिर्जना गर्ने काम गर्छ । विद्यालय कसरी सञ्चालन गर्ने, विद्यालय सञ्चालन गर्ने बाटो कसरी फराकिलो बनाउने भन्ने नै प्याब्सनको मुख्य काम हो ।

० प्याब्सनमा अहिले कति विद्यालयहरु आबद्ध छन् ? – प्याब्सनमा ३५ सय भन्दा बढि विद्यालयहरु आवद्ध छन् ।

० पछिल्लो समयमा प्याब्सनमा राजनीति हावी भयो भन्ने पनि आवाज उठिरहेको छ नि ? – हो, प्याब्सनमा राजनीति भएको हो कि भन्ने मलाई पनि लागेको छ । प्याब्सन सञ्चालन गर्ने पनि यहि देशका नागरिक हुन् । यो देशमा राजनीतिले कत्तिको प्रभाव पारेको छ, त्यो तपाईं हामी सबैलाई थाहा छ । तर, भर्खरै भएको निर्वाचनले के देखाएको छ भने जो सदस्यहरु हुनुहुन्छ उहाँहरुले चाहिं प्याब्सनमा राजनीति हुनुहुन्दैन भन्ने नै सोच्नुहुँदो रहेछ भन्ने देखाएको छ । यदि राजनीति नै हावी भएको भए कुनै एउटा पार्टीको भातृ संस्था जस्तो भइहाल्थ्यो नि होइन र ? अहिलेको निर्वाचनमा विभिन्न पार्टीमा आस्था राख्नेहरु नेतृत्वदायि भूमिकामा आउनु भएको छ । यसले के देखाउँछ भने प्याब्सनमा अब राजनीति हावी हुँदैन ।

० प्याब्सन अब कसरी अगाडि बढ्छ ? – वास्तवमा यस अघिका नेतृत्वकर्ताहरु पनि आफ्नो कार्यकाललाई सफल बनाउन प्रयत्न गर्नु भएकै हो । उहाँहरु पनि सफल हुनुभयो । तर, अहिलेको नेतृत्व चाहिं दोस्रो पुस्ताको हो । प्याब्सनमा अहिले युवाहरुले नेतृत्व आएको छ । अबको नेतृत्वले २१ औं शताब्दिको शिक्षालाई फराकिलो बनाउने, शिक्षामा आइटिको विकास गर्ने, विद्यार्थी र अभिभावकहरुले विश्वास गर्न सक्ने विद्यालय बनाउने, नेपाललाई एजुकेशन हबको रुपमा विकास गर्न पहल गर्ने लक्ष्य बोकेर हामी अगाडि बढेका छौं ।० प्याब्सन र एन प्याब्सनबीच विचार बाझिंदै आएको छ नि ? – प्याब्सन र एन प्याब्सनबीच कुनै पनि विवाद छैन र विचार बाभिंmदै आएको पनि छैन । विभिन्न कारणले गर्दा एन प्याब्सनको जन्म भएको भए पनि यि दुई संस्थाबीच तात्विक भिन्नता भने केही पनि छैन । दुई संस्थाका विचमा बाझिएका विषयहरु विस्तारै मिल्दै गएका पनि छन् ।० यि दुई संस्था एकै भएर अगाडि बढ्न सक्दैनन् ? –  दुबै संस्था एक भएर अगाडि बढ्ने संभावना पनि बढेर गएको छ । त्यस विषयमा पनि कुरा चल्दै गएका छन् ।० सरकारले परिवर्तन गर्ने नीति, नियमले विद्यालयहरुमा कत्तिको प्रभाव परेको छ ? – सरकारले एकलौटी रुपमा परिवर्तन गर्ने नीति नियमले एकदमै धेरै असर परेको छ । सरकारले लगानी गरेको विद्यालय र निजी स्तरबाट सञ्चालन भएका विद्यालयको अन्तर धेरै नै फरक देखिएको छ । निजी स्तरबाट सञ्चालन भएका विद्यालयको नतिजा राम्रो देखिएको छ । यो कुरा सरकारमा बसेर नीति नियम बनाउनेहरुले नै स्वीकार्नु भएको छ । कसरी भने उहाँहरुले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहनु भएको छ । तर पनि सरकारले आफूखुसी नियम बनाउँदा अप्ठेरो भने परेकै छ । सरकारले ल्याएका नीति नियमहरु गलत छैनन् । तर, आजको भोलि नै परिवर्तन खोज्दा समस्या देखिएको हो । जस्तैः अहिले ग्रेडिमा पनि यस्तै समस्या देखिएको छ । त्यसका लागि सिमित समय दिएर, तालिम दिएर दक्ष बनाएपछि मात्र लागु गरेको भए अझै राम्रो हुन्थ्यो । सरकारले नीति मात्र बनाएर हुँदैन नि । सरकारले समयअनुसारको एउटा पाठ्यक्रम सम्म बनाउन सकेको छैन । अनी नीति र नियमको पछि लागेर मात्र हुन्छ र ? समय अनुसारको पढाई हुनुप¥यो नि । त्यसको लागि कम्तिमा समय अनुसारको पाठ्यक्रम त तयार गर्नसक्नुपर्छ ।krishna prasad adhikari1० सरकारले विद्यालय सञ्चालन गर्नका लागि आफ्नै भौतिक संरचना हुनुपर्ने नीति बनाउँदै छ नि, यसले कस्तो नतिजा आउला ? – यो एकदमै राम्रो कुरा हो । आफ्नै भौतिक संरचना भएका विद्यालयहरुलाई सर्नु पर्ने बाध्यता हुँदैन । बन्द हुने संभावना कम हुन्छ । जसले गर्दा पढाइमा कुनै पनि असर पर्दैन । कुनै पनि विद्यालय बन्द हुनै हुँदैन । सरकारले पनि विद्यालय बन्द गर्न सिमित समय दिनुपर्छ । सबैभन्दा विद्यालय स्थापना गर्ने बेलामा नै सरकारले बलियो नीति बनाएर आवश्यक मापदण्ड पूरा भएकाहरुलाई मात्र विद्यालय सञ्चालनको अनुमति प्रदान गर्नुपर्छ । लाखौं विद्यार्थीहरुको भविश्यसँग सरोकार राख्ने क्षेत्रलाई हेलचेत्र्mयाई गर्नु हुँदैन । यसो भन्दै गर्दै भाडामा घर लिएर सञ्चालन भएका विद्यालयलाई के गर्ने त भन्ने पनि प्रश्न उठ्छ । सरकारले विद्यालयहरुलाई घर बनाउन ऋण त दिंदैन । त्यसैले सिमित समय दिएर २० वर्ष भन्दा बढिको सम्झौता गरेर मात्र विद्यालय सञ्चालन गर्ने अनुमति दिनुपर्छ ।० केही समय अघि केही विद्यालयले अभिभावकहरुलाई पत्र पठाएर विद्यालय बन्द हुँदैछ भन्ने जानकारी गराए, यसरी विचको समयमा विद्यालय बन्द गर्दा त विद्यार्थीको भविश्यमाथि खेलवाड भएन र ? – त्यो एकदमै गलत हो । कुनै विद्यालय सञ्चालन गर्न नसक्ने अवस्थामा पुगे भने नजिकको विद्यालयको शरणमा जानु पर्छ । आफुखुसी व्यवहार गर्नु गलत हो । तर, त्यसको जानकारी कम्तिमा पनि दुई वर्ष अगाडि नै दिनुपर्छ ।० पछिल्लो सयमा सरकाले विद्यालय अब १२ कक्षासम्म सञ्चान हुनुपर्ने भन्ने विषयप्रति तपार्इंको धारणा के हो ? – यो एकदमै राम्रो पक्ष हो । तर, यसले एकदमै असर पार्छ । हामीजस्ता १२ सम्म सञ्चालन भइरहेका विद्यालयहरुलाई असर नपारे पनि अधिकांश विद्यालयलहरुलाई मर्कामा पर्छन् नै । दश सम्म सञ्चालन भइरहेका विद्यालयहरुले कसरी १२ सम्म अध्ययन गराउन सक्छन् ? त्यसको भौतिक संरचना कसले निर्माण गर्ने, शिक्षकहरुको व्यवस्थापन कसले गर्ने ? यस्ता यावत प्रश्नहरु तेर्सिएका छन् । अर्को पक्ष आठसम्म झर भन्ने पनि छ । तर, त्यसबाट हुने घाटा कसले व्यहोर्ने त ? सरकारले दिन्छ त घाटा भएको रकम ? हो यस्तै समस्या देखिन्छन् । विना तयारी नीति परिवर्तन गर्दा यस्ता समस्याहरु देखिन्छन् । त्यसैले म भन्छु सरल, सबैलाई मान्य हुने नीति बनाउ“, जसले कसैलाई पनि अप्ठेरो नपरोस् । हामीले सरकारले बनाएको नीति मान्दैनौं कहाँ भनेका छौं र ?० तपाइईंको विचारमा कसरी बढ्दा चाहिं उचित हुन्छ त ? – यसका लागि सबैभन्दा पहिले जुन ९–१२ को नीति सरकारले बनएको छ । त्यसलाई हटाउनु पर्छ । यसलाई व्यवहारमा ल्याउनका लागि समय दिनु पर्छ । २÷४ वर्षपछि यो अवश्य पनि व्यवहारमा आउ“छ । त्यसका लागि नेपालका शिक्षकहरुलाई नेपालमा नै बस्ने वातावरण मिलाउनु पर्छ । जति पनि साना विद्यालयहरु छन् तिनिहरुलाई सुविधा सम्पन्न हाई स्कुलमा मर्ज गर्ने वातावरण बनाउनु पर्छ । सबैभन्दा पहिले त्यो सरकारी विद्यालयबाट नै शुरु गर्नुपर्छ ।० प्रसंग बदलौं, भ्याली पब्लिक उमावि चाहिं कसरी सञ्चालन गरिरहनु भएको छ नि ? – भ्याली पब्लिक वि.सं. २०५० सालबाट सञ्चालन हुँदै आएको छ । म यसको संस्थापक प्रधानाध्यापक हुँ भने यसको अध्यक्षमा मेजर डिलबहादुर गुरुङ हुनुहुन्छ । म, मेरी श्रीमती, मेरा आत्मिय मित्रहरुलगायत गरेर २२ जना मिलेर पारिवारीक वातावरणमा निर्माण भएको विद्यालय हो यो । अहिले विद्यालयमा ९०० भन्दा बढि र कलेजमा १५० भन्दा बढि विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । एक सय जना कर्मचारीहरु विद्यालयमा आवद्ध हुनुहुन्छ । म विदेशतिर अलि बढि नै आउजाउ गर्ने भएकाले विदेशी शिक्षालाई केही मात्रमा बुझेको छु र विदेशी टेक्नोलोजी विद्यालयमा प्रवेश गराएको छु । सुलभ र सस्तो मूल्यमा गुणस्तरिय आधुनिक शिक्षा दिएका छौं । यहाँबाट पास भएका विद्यार्थीहरुले आफ्नो जीवनको गोरेटो आफैले कोरेका छन् ।० लामो समय शिक्षा क्षेत्रमा विताउँदाको अनुभव कस्तो छ ? – यति लामो समयमा मैले धेरै कुराको अनुभव लिएको छु । विद्यालय भनेको एक्लैले सञ्चालन गर्ने सकिंदौ रहेनछ । यसमा राष्ट्र, विद्यार्थी, अभिभावक सबैको सहयोग आवश्यक पर्छ । कसैले पनि यो मेरो विद्यालय भनेर घमण्ड गर्न हुँदैन । विद्यालय भनेको समाजको हो । मैले यो विद्यालयलाई समाजको सम्पत्ति सम्झेको छु । विद्यार्थीको कुरा गर्ने हो भने विद्यालयसँगसँग अभिभावकहरुले पनि विद्यार्थीमाथि हेरविचार गर्नुपर्छ । त्यतिमात्र होइन समाजमा रहेका हरेक व्यक्तिले विद्यार्थीको व्यवहारलाई मूल्यांकन गर्नुपर्छ । हामी सबैले असल कुनै विद्यार्थीलाई असल नागरिक बनाउन सकियो भने देशको विकास हुन्छ भन्ने सोच्ने हो भने विद्यालय पनि राम्रो बन्छ । नत्र भने विद्यालयले मात्रै परिवर्तन गर्छु भन्यो भने त्यो विद्यालय असल विद्यालय बन्न सक्दैन ।० भ्यालिमा १० जोड दुईमा कुन–कुन संकायको अध्ययन हुन्छ ? – हामीकहाँ विद्यार्थीहरुले विज्ञान र व्यवस्थापन संकायमा अध्ययन गर्न सक्छन् ।० भ्यालिको नतिजा चाहिं कस्तो छ नि ? – एकदमै राम्रो छ । अहिले हाम्रो यो अठारौं व्याज हो । अहिलेसम्म एक जना पनि विद्यार्थी फेल भएका छैनन् ।० भावि योजना के छ त ? – मैले कलेजलाई अझै व्यवस्थित बनाउने सोचेको छु । भ्यालि पब्लिक भनेको आफ्नो जग्गामा निर्माण भएको विद्यालय हो । यो विद्यालय १६ रोपनी जग्गामा फैलिएको छ । मैले चार रोपनी जग्गा कलेजको लागि छुट्याएको छु । त्यसमा चाहिं म पृथक कलेज चलाउने पक्षमा छु । नेपाल सरकारले विद्यालय भित्र कलेज सञ्चालन हुनुपर्ने नीति बनाएकोले मैले कलेज र विद्यालय सँगै सञ्चालन गरिरहेको छु । तर, भविश्यमा कलेजलाई अझै व्यवस्थित र राम्रो बनाउँदै लैजाने सोचमा छु ।० अन्तिममा, प्यव्सनमा सदस्य विद्यालय, विद्यार्थी तथा अभिभावकहरुलाई के भन्नुहुन्छ ? – म भर्खरै मात्र प्याब्सनको केन्द्रिय उपाध्यक्षमा निर्वाचित भएको छु । यो देशको शिक्षा नीतिलाई बलियो बनाउनका लागि नै म नेतृत्वमा आएको छु । मेरा विद्यार्थी, अभिभावकहरुलाई के विश्वास दिलाउन चाहन्छु भने भ्यालि पब्लिक भनेको एउटा स्थापित विद्यालय हो । यहाँ अध्यनय गरिरहेका विद्यार्थीहरुले गुणस्तरिय शिक्षा सँगसँगै बाह्य क्रियाकलापहरु जस्तै खेलकुद, कलालगायतको दैनीक जीवन उपयोग शिक्षा पाएका छन् । अभिभावकहरुको लगनी खेर गएको छैन । मैले अघि पनि भने विद्यालयलाई राम्रो बनाउन प्रिन्सिपलको पहलले मात्र केही हुँदैन । त्यसैले विद्यार्थी, अभिभावक, कर्मचारी सबैलाई एकजुट भएर हातेमालो गर्दै विद्यालयलाई अझै राम्रो बनाउन आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित