सामाजिक सेवा नै मेरो पहिलो प्राथमिकता

burlakotiलायन्स क्लब अफ इन्टरनेशनल विश्वका दुई सय पाँच भन्दा बढि मुलुकमा क्रियाशील रहेको सामाजिक सेवा गर्ने संस्था हो । सन् १९१७ मा स्थापना भएको लायन्स क्लव नेपालमा भने १९७१ मा स्थापना भएको हो । विश्वभर ४६ हजार लायन्स क्लबहरु छन् भने यसका सदस्यहरु १४ लाख नाघिसकेका छन् । नेपालमा मात्र २५ हजार भन्दा बढि सदस्यहरु लायन्समा आवद्ध छन् । नेपालमा ८५५ वटा लायन्स क्लव सञ्चालनमा रहेको बताउनु हुन्छ डिस्ट्रिक ३२५ बी १ का डिस्ट्रिक गभर्नर लायन बालकृष्ण बुर्लाकोटी ।   डिस्ट्रिक ३२५ बी १ मा मात्र ३०० क्लव रहेका छन् भने ८ हजार ७ सय भन्दा बढि सदस्यहरु आवद्ध छन् । लायन बुर्लाकोटी भन्नुहुन्छ–‘विगत ६ महिनाको अवधिमा हामीले २० हजार भन्दा बढि विरामीहरुलाई मेगा हेल्थ क्याम्पको माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिसकेका छौं ।’ नेपालमा लायनन्स क्लवको अवस्था, यसले पारेको प्रभाव तथा यसले पु¥याएको योगदानका बारेमा लायन बुर्लाकोटीसँग mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी : एम. जे. एफ. लायन बालकृष्ण बुर्लाकोटी, डिस्ट्रिक गभर्नर डिस्ट्रिक ३२५ बी १ ० लायन्स क्लव कस्तो संस्था हो ? – लायन्स क्लव भनेको मानविय सहयोगका लागि स्थापना भएको संसारकै सबैभन्दा ठूलो संस्था हो । यसले विशेष गरी स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । यहाँ जातिय, धार्मिक, लैंगिक जस्ता विषयमा कुरा हुँदैनन् । यहाँ त केवल सामाजिक सेवाको मात्र कुरा हुने गर्छ । लायनवाद विश्वका २०५ भन्दा बढि राष्ट्रमा फैलिएको छ ।

० नेपालमा लायन्स कल्वले पु¥याएको योगदानहरु के–के हुन् ? – लायन्सलाई विशेष गरेर स्वास्थ्य क्षेत्रमा पनि आँखामा लाग्ने रोग मोतीविन्दुको उपचार गर्ने संस्था भनेर पनि चिनिन्छ । नेपामा पनि लायन्सले हजारौं व्यक्तिको मोतीविन्दुको शल्यक्रिया गर्न सफल भइसकेको छ । तराई क्षेत्रमा मोतीविन्दू निर्मूलप्रायः भएको छ । त्यसैले अहिले चाहिं हामी दूर्गम क्षेत्रतिर लागेका छौं । हामीले यहि वर्ष नै तार्केश्वर नगरपालिकाको भ्यू टावर वरिपरि वृक्षारोपण गरिसकेका छौं । त्यहाँ हामीले झण्डै एक सय रोपनी जग्गामा चार हजार लायन साथीहरु जम्मा भएर आठ हजार भन्दा बढि विरुवा रोपेका छौं । त्यसको संरक्षणका लागि लायन्स क्लवले एक जना कर्मचारी नै नियुक्ति गरेको छ । यतिमात्र होइन लायन्सले शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । छात्रवृत्ति प्रदान, कपि कलम वितरण, जाडो मौसममा न्यानो कपडा वितरण, नैतिक शिक्षा प्रदानलगायतका काम पनि गर्दै आएका छौं । यसै वर्ष नै हामीले २०७२ सालमो भूकम्पपछि पूर्ण रुपमा क्षति भएका काठमाडौं, धादिङ र गोरखाका आठ बटा विद्यालयको पुनः निर्माण गर्दै छौं । झण्डै ५० करोड रकम हामीलाई प्राप्त हुनेछ । त्यो सम्पूर्ण रकम हामीले पुनः निर्माणमा प्रयोग गर्नेछौं । पहिलो चरणमा काठमाडौं, धादिङ र गोरखाका विद्यालयहरु निमाण हुनेछन् भने दोस्रो चरणमा हामीले अन्य क्षेत्रमा लगानी गर्नेछौं । यसै वर्ष लायन्सले गरेको अर्को महत्वपूर्ण काम भनेको दुर्गम क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । विगत ६ महिनाको अवधिमा हामीले आर्थिक र भौगिलिक अवस्थाका कारण अस्पतालसम्म पहुँच पु¥याउन नसकेका २० हजार भन्दा बढि विरामीहरुलाई मेगा हेल्थ क्याम्पको माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिसकेका छौं । भर्खरैमात्र गुल्मीमा भएको आँखा शिविरमा ३ हजार भन्दा बढि लाभान्वित भएका छन् ।

० नेपालमा लाइन्सले कुन–कुन अस्पतालमा लगानी गरेको छ ? – लाइन्सले धेरै लाइन्स अस्पताल निर्माण गरिरकेको छ । केही समय अघि मात्र निर्माण भएको त्रिवी शिक्षा अस्पताल महारजगञ्ज(टिचिङ) मा ६ लाख डलर बराबरको रकम लगानी गरेको छ । त्यसैगरी मिनभवनमा आँखा अस्पताल सञ्चालन गरेको छ । गत वर्ष मात्रै गण्डकी अस्पताल पोखरामा हर्ट केयर सेन्टर स्थापना गरेका छौं भने लेखनाथमा एक लाख डलर बराबरको स्वास्थ्य सामाग्रीहरु प्रदान गर्ने भएका छौं ।

० यसरी गर्ने लगानीको आर्थिक स्रोत कसरी जुट्छ त ? – मैले अघि पनि भने लायन्स भनेको विशुद्ध सामाजिक सेवा गर्ने संस्था हो । हामी आपूmले कमाएको रकममध्ये केही रकम सामाजिक सेवाका लागि भनेर छुट्याउँछौं, आफै स्वयम् सेवक भएर काम गर्छौं । त्यसैले हामीले समूह बनाएर रकम जम्मा गर्दै काम गरिरहेका छौं । क्लवले गर्ने हरेक क्रियाकलापमा हामी आफै आर्थिक स्रोत जुटाउँछौं भने मैले अघि भनेजस्ता ठूला–ठूला प्रोजेक्टका लागि भने लायन्स क्लव अन्तर्राष्ट्रिय फाउण्डेसन मार्फत लगानी भित्र्याउँछौं । हामीले प्रपोजल बनाएर त्यहाँ पठाउँछौं र उसले अध्ययन गरेपश्चात हामीलाई रकम उपलब्ध गराउँछ र सोही रकम हामीले यहाँ ल्याएर लगानी गर्छौं ।

० तपाई जिम्मेवार पदमा हुनुहुन्छ, आर्थिक पारदर्शितालाई कसरी लिनु भएको छ ? – हामी आर्थिक पारदर्शितामा एकदमै सचेत छौं । हाम्रो संस्थामा एक रुपैयाँ पनि तलमाथि हुँदैन । आफैले जम्मा गरेको पैसामा कसले नै आर्थिक हिनामिना गर्छ र ? हाम्रो कार्यकाल भनेको एक वर्ष हुन्छ । एक वर्षमा हामीले सम्पूर्ण हिसाव किताव संस्थामा बुझाउँछौं । अहिलेसम्म आर्थिक हिनामिना भएको छैन । प्रत्येक तीन महिनामा हुने क्याविनेट बैठकमा हामीले हिसाव किताव बुझाइरहेका हुन्छौं ।burlakoti,,, तपाई डिस्ट्रिक गभर्नर भएपछि सात महिनाको अवधिमा गर्नुभएको महत्वपूर्ण कामहरु के–के हुन् ? – म डिस्ट्रिक गभर्नरमा निर्वाचित भइसकेको पछि आफू भन्दा अग्रजहरुको सल्लाह अनुसार योजनाहरु अगाडि बढाएको थिए । सोही अनुरुप नै म अगाडि बढिरहेको छु । विशेष गरेर मैले आफ्नो कार्यकालमा सामाजिक सेवा गर्न चाहने लायन्सको सदस्य संख्या धेरै नै बढाएको छु । यसमा मलाई डिस्ट्रिकका सम्पूर्ण साथिहरुले सहयोग गर्नुभयो । विश्वको २०५ भन्दा बढि राष्ट्रमा फैलिएको लायनवादको ७५० भन्दा बढि डिस्ट्रिकहरु रहेका छन् । जसमध्ये हाम्रो ३२५ बी १ सबैभन्दा बढि सदस्य बनाउने डिस्ट्रिक हो । यस डिस्ट्रिकमा ८५ वटा क्लवहरु आवद्ध छन् । मेरो कार्यकालमा ठूला स्वास्थ्य शिविर(मेघा हेल्थ क्याम्प) सञ्चालन भएका छन् । राजधानीमा बढेको प्रदुषणलाई केही हदसम्म भएपनि कम गर्ने उद्देश्य बोकेर हामीले विक्षारोपण गरेका छौं । भूकम्पबाट पूर्ण क्षती भएका विद्यालयहरुलाई पुनः निर्माणमा सहयोग गरिरहेका छौं । सरसफाइको कामलाई पनि निरन्तर दिइरहेका छौं । यि सबै काम गर्नका लागि मलाई सम्पूर्ण लायन साथिहरुले सहयोग गर्नु भएको छ ।० यो सात महिनाको अवधिमा विदेशी प्रोजेक्ट चाहिं कति भित्र्याउनु भयो त ? – भर्खरै मात्र लेखनाथ अस्पताललाई झण्डै ९३ लाख बराबरको साहयोग प्राप्त गराउन सफल भएको छु । भदौं महिनामा बाढि पिडितका लागि भनेर हामीले पाँच हजार डलर भित्र्याएका थियौं भने भूकम्पमा भत्केका विद्यालयको पुन निर्माणका लागि झण्डै ५० करोड रकम भित्र्याएका छौं । गोरखा, काठमाडौं र सिन्धुपाल्चोकका आठ वटा विद्यालयको पुनः निर्माण कार्यका लागि टेण्डर आब्हान भइसकेको छ । भने दोस्रो चरणमा पनि यसैगरी भूकम्पबाट पूर्ण क्षति भएका विद्यालयहरुको निर्माण गर्नेछौं । अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्न कुरामा मेरो व्यक्तिगत पहलका साथसाथै सम्पूर्ण लायन साथीहरुको साथ र समर्थन पनि जोडिएको छ ।० अबको पाँच महिना कसरी अगाडि बढ्नुहुन्छ ? – म अहिले जसरी दिन रात नभनी सामाजिक सेवामा सहभागि भइरहेको छु । त्यसैगरी अवको पाँच महिना पनि सामाजिक सेवामा नै विताउने छु । मैले यसो भन्दै गर्दा कार्यकाल सकिएपछि चांहि सामाजिक सेवा नगर्ने भन्न खोजेको होइन । म जहिलेसम्म बाँच्छु त्यसबेला सम्म नै सामाजिक सेवामा सक्रिय रहनेछु । अबको पाँच महिना भित्र भने मैले नयाँ नेतृत्व चयनका लागि निर्वाचना पनि गराउनु पर्ने हुन्छ । लायन्समा कस्तो नियम छ भने आफ्नो कार्यकाल सकिनु तीन महिना अघि नै नयाँ नेतृत्व चयन गरिसक्नु पर्ने हुन्छ । जसले गर्दा नयाँ नेतृत्वले केही सिक्ने र कसरी अगाडि बढ्ने भनेर तयारी गर्ने अवसर प्राप्त गर्दछ । मेरो कार्यकाल जेठको मध्यमा सकिने भएकाले आगामी चैत ५ गते नयाँ नेतृत्व चयन हुँदैछ । यसमा पनि म सक्रिय भएको छु । मैले यो पाँच महिनाको अवधिमा गर्नुपर्ने अर्को महत्वपूर्ण काम भनेको भर्खरै मात्र स्वास्थ्य मन्त्री गगन थापाले स्वास्थ्य मन्त्रालयले सञ्चालन गर्ने खोप कार्यक्रममा लायन्स क्लवले पनि सहभागिता जनाउनु प¥यो भनेर प्रस्ताव गर्नु भएको छ । त्यसमा पनि हामी हाम्रा स्वयमेसवकहरुलाई सहभागिता गराउने छौं । सरकारले ल्याएको कार्यक्रममा हाम्रो पूर्ण समर्थन रहनेछ ।० एक महिना पछि नयाँ नेतृत्व आउँदै छ के भन्नुहुन्छ ? – अबको नयाँ नेतृत्व धनराज आचार्यले लिंदै हुनुहुन्छ । उहाँको कार्यकालमा पनि सहयोगी हातहरु अझै बढ्दै जाउन भन्ने कामना गर्दछु । लायनवादलाई राम्रोसँग बुझेको व्यक्ति हुनु भएकोले धनराजजीले हाम्रो डिस्ट्रिकलाई राम्रोसँग अगाडि बढाउनु हुनेछ भन्ने विश्वास छ । उहाँलाई चाहिं म पूर्ण सहयोग गर्न तयार छु ।० लायन्समा आवद्ध हुनुभएका सदस्यहरुलाई के भन्नुहुन्छ ? – लायन्स क्लवमा लागेर पु¥याउनु भएको सहयोगलाई कदर गर्दै म उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । सहयोग गर्ने मन अझै फुक्दै जाउन् । बढि भन्दा बढि ठाउँमा सेवा पु¥याउन सबै मित्रहरुलाई आग्रह गर्न चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित