भीम आदर माविका विद्यार्थी वन डे थ्रीडी आर्टमा

Bhim

हेटौंडा । उपत्यकाबाहिर पहिलोपल्ट खुलेको थ्रीडी आर्ट म्युजियम भ्रमण गर्न आउनेको संख्या बढ्दो छ । हेटौंडाको रुद्रपथमा खुलेको वन डे थ्रीडी आर्ट म्युजियममा पछिल्लो हेटौंका साथै मकवानपुरका विभिन्न स्थानबाट घुम्न आउनेको संख्या बढ्दै गएको छ ।

May be an image of 1 person, standing, playing billiards, indoor and brick wall

मनोरञ्जनका लागि मात्र नभई शैक्षिक क्रियाकलापको एक महत्वपूर्ण अंग बन्ने क्रममा रहेको म्युजियमबाट विद्यार्थीले थ्रीडी आर्ट कलाको सामान्य परिचय लिन सक्ने जनाइएको छ । यसै शिलशिलामा भिमफेदीस्थित भीम आदर माध्यमिक विद्यालयका विद्यार्थीहरुले थ्रीडी आर्ट म्युजियमको भ्रमण गरेका छन् । उक्त विद्यालयले पहिलो पटक हेटाैंडामा सञ्चालित यस म्युजियममा विद्यालयबाट नै औपचारिक रुपमा विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापअन्तर्गत म्युजियम भ्रमण गराएको हो ।

May be an image of 1 person

विद्यालयले शैक्षिक क्रियाकलापअन्तर्गत आफ्ना विद्यार्थीहरुलाई म्युजियमको भ्रमण गराएको एक शिक्षकले बताए । उनले अहिले एउटा कक्षाका मात्र विद्यार्थीलाई भ्रमणमा ल्याइएकोमा अब विस्तारै सबै विद्यार्थीहरुलाई भ्रमणका लागि ल्याउने पनि बताए ।

May be an image of 1 person, standing and outdoors

उक्त म्युजियमको भ्रमणमा आएका विद्यार्थीहरुले म्युजियमको भ्रमणबाट आफूहरुलाई खुशी भएको बताउँदै एकपटक यहाँ हेर्न आउनै पर्ने ठाउँ भएको बताएका छन् । भ्रमणमा सहभागी एक विद्यार्थीले भने, ‘अहिले स्कुलका साथीहरुसँग आइयो अब घरका सबै भएर फेरि आउँछु ।’

May be an image of 1 person, playing billiards, brick wall and indoor

May be an image of 1 person, standing and outdoors

प्रतिक्रिया

सम्बन्धित