शिक्षामा व्यावहारिकता र वैज्ञानिकता आवश्यक छ

कृष्णप्रसाद अधिकारी, प्रिन्सिपल – भ्याली पब्लिक माविका
० महाधिवेशनको तयारी कत्तिको भइरहेको छ ? – यही फागुन १० गते हुन लागेको प्याबसनको महाधिवेशनको लागि तयारी अन्तिम चरणमा पुगेको छ । देशभरकै ७५ जिल्ला तथा क्षेत्रगत रुपमा अधिवेशनहरु सम्पन्न भइसकेका छन् । महाधिवेशनमा प्रतिनिधित्व गर्ने प्रतिनिधिहरु पनि लगभग टुङगिसकेको अवस्था छ । अब देशभरका सबै विद्यालयका प्रधानाध्यापकहरु पनि महाधिवेशनबाट एउटा कुशल नेतृत्व चयन होओस् भनेर लाग्नुभएको छ । सबैलाई चुनावी सरगर्मी लागेको छ । बिभिन्न प्यानलमा सार्थीहरुले नेतृत्वको लागि नाम दिनुभएको छ । अन्य बिभिन्न पदमा पनि आकाक्षी धेरै हुनुहुन्छ । सकेसम्म हामी सर्वसम्मत रुपमा नेतृत्व चयनमा लागेका छौं । यसै अनुसार हामी अगाडी बढेका छौं ।
० राजनैतिक फोहोरी खेलबाट अछुतो हुन नसकेको प्याब्सनमा नेतृत्व चयन गर्ने सर्वसम्मतको प्रयास कत्तिको सफल होला ? – तपाईले गर्नु भएको कुरा सत्य हो । कुनै पनि शैक्षिक संस्थामा राजनीति हावी हुनुहँदैन । तर राजनीति भनेको गर्नै नहुने कुरा पनि होइन । यो त नीतिहरुको राजा हो । तर, नेपालमा राजनीतिको जुन संस्कार कायम भएको छ त्यसले आम सर्वसाधारणहरु आजित भएका छन् । तपाईले भनेजस्तै राजनीतिको फोहीरी खेल नेपालमा भइरहेको छ । तर, हामीले प्याब्सनमा त्यसरी राजनीति हावी हुन दिएका छैनौं । आम अभिभावक र विद्यार्थीलाई पनि के आश्वस्त पार्न चाहान्छु भने हामी पुर्णतयाः कसरी विद्यार्थीलाई गुणस्तरिय शिक्षा दिनुपर्छ र शिक्षामा व्यावहारिकता र वैज्ञानिकता कसरी ल्याउन सकिन्छ भनेर नै लागेका छौं । हजुरले भनेजस्तो राजनीति छैन प्याबसनमा । सक्षम व्यक्तिले नेतृत्व पाउनुपर्छ ।
० तपाईलाई उपाध्यक्षमा जिताउनुपर्ने आधारहरु के–के छन् ? – म प्याबसनको आगामी महाधिवेशनको खुल्लाथर्फको उपाध्यक्ष पदमा उठ्दै छु । मैले करिब ७ बर्षसम्म प्याबसनको केन्द्रिय समितिमा काम गरिसकेको छु । निकै कम उमेरमा म प्यावसनको केन्द्रिय सदस्य भएको हुँ । त्यति मात्र होइन मेरो कार्यकुशलता, नेतृत्व क्षमता, इमान्दारितामा सबै मेरा सहकर्मीहरु, प्रिन्सिपलहरुले विश्वास गरेर नै मैले २ कार्यकाल सचिव भएर पनि काम गरें । अहिले पनि मलाई राजधानीका सबै नीजी विद्यालयलाई संगठित, अनुशासित र व्यवस्थित गर्ने जिम्मा दिइएको छ । त्यसैले पनि सबै सहकर्मीको माग पनि मसंग प्याबसनलाई हाँकेर लैजाने क्षमता भनेर नै मैले खुल्ला उपाध्यक्षमा उम्मेदवारी पेश गरेको हुँ । आशा छ सबैको मायाले जित्ने छु ।
० तपाईंको उम्मेदवारी केका लागि ? – हेर्नुहोस्, अहिले देशभर प्याबसनमा आवद्ध ८ हजार विद्यालय, २ लाख २० हजार शिक्षक र ३० लाखभन्दा बढी विद्यार्थीहरु रहेका छन् । राज्यले हामीलाई सदिऔँदेखि उपेक्षा गरिरहेको छ । हामीले दक्ष जनशक्ति उत्पादनको आवश्यकतालाई परिपुर्ति गरेका छौं । राज्यले शिक्षाको नामा बर्षेनी अरबौं रुपैयाँ खर्चेको छ । तर, गुणस्तरीय शिक्षा प्रदान गर्न सकिरहेको छैन । पढेर काम र मामको लागि विदेश जानुपर्ने बाध्यता रहेको छ । हामीले सरकारको सहयोग विना पनि उच्च शैक्षिक जनशक्ति उत्पादन गरिरहेका छौं । हामी ढुक्कसँग भन्न सक्छौं हामीले उत्पादन गरेका विद्यार्थीहरु राष्ट्रिय क्षेत्रमा मात्र होइन अन्तर्राष्ट्रिय जगतमा पनि अब्बल सावित भएका छन् । त्यसैले अब हामी राज्यसँग एक भएर अगाडी बढ्न चाहान्छौं । सरकारले पनि हामीलाई विश्वास गर्न सक्नुपर्दछ । हामी कहिल्यै पनि सरकारसँग विरोधी भएर शत्रुवत व्यावहार गर्न चाहान्नौं । यदि देशलाई साँच्चै नै अगाडी बढाउने हो भने एकले अर्कालाई सम्मान गर्दै आआफ्ना गतिविधि सञ्चालन गर्नुपर्दछ । हेर्नोस, सरकारको अहिलेको नीतिकै कुरा गर्नु हुन्छ भने त देशभरको प्रिन्सिपलहरुको रोजीरोटी धरापमा छ । सरकारले यही उपेक्षाको नीति अबलम्बन गर्दै जाने हो भने देशभरका सबै विद्यालय र विद्यार्थीको भबिष्यको ग्यारेन्टि कसले लिन्छ । त्यसैले एउटा भिजन सहित यी भिभिन्न बिषयलाई आफ्ना मागको रुपमा लिएर म चुनावमा होमिएको छु । आशा र विश्वास छ सबैले मलाई सहयोग गर्नुहुन्छ ।
० प्याबसनमा विकृति र विसंगति बढ्दा समाजमा अझै नीजि विद्यालयप्रतिको विश्वास घट्दो छ । यसमा तपाई के भन्नु हुन्छ ? – तपाइले भनेजस्तो नीजि विद्यालयमा त्यस्तो विकृति र विसंगति छैन । बरु हामीप्रति आकर्षण बढिरहेको छ । कारण हामीले विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । सरकारले शिक्षामा गरेको लगानीको प्रतिफलको कुरा गर्नुहुन्छ भने ० प्रतिशत पनि छैन । यस्तो अवस्थामा यहाँको शैक्षिक जनशक्तिको माग कसले थेगेको छ तपाई आफै भन्नुहोस् त । तर, केही विकृतिहरु भनौँ या समस्या छन् हामीसँग । यसमा अबको नेतृत्वले निकै सचेतता अपनाउनु पर्दछ । हरेक विद्यालयका प्रिन्सिपलहरु नै यसमा जिम्मेवार हुनुपर्दछ । र कसरी हामीले समाजमा अअmै विश्वास कायम गर्न सक्छौं भनेर सबै लाग्नुपर्दछ । अभिभावक र विद्यार्थीले पनि यो कुरा बुझ्नु पर्छ । सीमित श्रोत र साधन अनि राज्यको सहयोग विना नै हाम्रा शिक्षकहरुले निकै मिहिनेत गर्नुभएको छ । म उहाँहरुलाई सम्मान गर्न चाहान्छु । अहिले सरकारले हामीप्रति जुनप्रकारको आरोप लगाउने गरेको छ नि नीजी विद्यालयहरु व्यवस्थित हुन सकेनन्, जनशक्ति पलयायनवादी भयो भनेर । तर म के भन्छु भयने त्यसको रिजल्ट अबको १०÷१५बर्षपछि आउँछ । हाम्रा विद्यार्थी सधैंको लागि विदेश कदापी गएका छैनन् । उनीहरु त्यहाँ गएर आफूले एउटा निश्चित तहको कोर्ष पुरा गरिसकेपछि स्वदेश फर्कने छन् र राष्ट्रको विकासको लागि बिभिन्न तहमा रहेर काम गर्ने छन् । तयसबेला पक्कै पनि राज्यले नीजि विद्यालयको महत्व र भुमिका बढ्ने छ । त्यसैले नीजि विद्यालयप्रति जुन आरोप र अपुरो बुझाइ छ हामी त्यसलार्य चिर्न लाग्ने छौं । मैले यो कुरा महाधिवेशनमा पनि स्पष्टसँग उठाउने छु ।
० अन्त्यमा के भन्न चाहनुहुन्छ ? – जसरी हामीले चाडपर्वहरु दशैँ, तिहार मनाउँछौँ । त्यसैगरी आसन्न महाधिवेशन पनि देशभरका नीजि विद्यालयमा अध्यापनरत शिक्षक शिक्षीकाको पर्व हो । सबै सहभागि भएर राम्रो त्यस्तो नेतृत्व जससँग एउटा शैक्षिक भिजन छ र शैक्षिक बिषयमा राज्यसँग वहसको पैरवी गर्न सक्ने व्यक्ति छनोट गरौं । पार्टीभन्दा माथि उठेर संस्थाको हित हुने गरी उम्मेदवारहरुलाई जिताउन महाधिवेशनमा सहभागि हुन सबै पर्यवेक्षक तथा प्रतिनिधिहरुलाई अपिल गर्दछु । मेरो पनि महाधिवेशनमा खुल्ला उपाध्यक्षमा उम्मेदवारी छ । मेरो अनुभव र कार्यकुशलताको अधारमा जिताउनु हुने छ भन्ने विश्वास छ । धन्यवाद ।
_t47NgmpGYa_5d2tpzbwyyftpgxckguzjlfqbg4gxugrxjojija1qore06i1l1egpsoao8qd_OWiX52Gr4x_ig5siuqvlseynvi4tqc6deo4573vssag1pwlhjboy2qtjrt17bhtxgavy0yv.jpg)
वायु प्रदूषण आफैं हटेर जान्छ भन्ने सरकारी सोच नै गलत छ : डा.भुपेद्र दास
%2520(1)_SmibXa58tM_emq2a0tnrul4hk5gqtenlnwrprtngxl5kwrikvcyhaiuceqn4oxcshpvyx5q_POgynZeFUg_gkkbzidv6k8k2bufgcnbk6egnm1fdtrcrl5kjk4cugmcsp41xzdp8u7bpujw.jpg)
एनआरएनएलाई वैधानिक रुपमा लयमा फर्काउने मेरो प्रयास हो, सहयोगका लागि अपिल ग…
_qRFzC1DVep_bumkdp8qnmt6qyiienmj6z8pl0ogoauzedazkhlqnfbpkbvwyg8sg33t3mi9_r5CqqfQ39o_nseesnykvgwggsnaiiblgusumwxxdic9tqz470tjkckbyh1sw28tzsfifi8p.jpg)
विदेश पढ्न जानुअघि फर्केर नेपालमै केही गर्छुभन्ने सोच बनाउनपर्छ : धिरज कंडेल

निर्माण व्यवसायीहरुको बाँच्ने आधार हराएको छ, बाध्यताले सडकमा छौं : रवि सिंह
_COU9bcBMEo_9hvubsziqnrkzxi3nnj9a4eq7sfgwbtvrle32ahzbou2g4uy0scbnzrnk7sj_Tv23fxQLvB_dxoiwbxqwythdfyaya6gmihiapaxplckhncbvjcmqazodoubpho8vrmx0sig.jpg)
अर्थतन्त्रको संकटबाट मुक्त हुन सरकारले सुत्र बनाउनपर्छ : अरुणकुमार सुवेदी

यतिबेला एनआरएनए हारेको अवस्थामा छ : डा.केशव पौडेल

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १९३ जनाको मृत्यु

प्रतिक्रिया