भ्यालेन्टाइन मनाउन समुद्र पुगेका सुदिपको पनि मृत्यु

[caption id="attachment_25200" align="alignleft" width="298"]सुदीप उप्रेती सुदीप उप्रेती[/caption]

काठमाडौं : अष्ट्रेलियाको मारोउब्रा समुन्द्रमा डुबेर हराइरहेका सुदीप उप्रेतीको शव फेला परेको छ। मरिन प्रहरी, डाइभर्स प्रहरी तथा हेलिकोप्टरबाट उद्धारकर्मीको खोजीबाट उनको शव बिहिबार भेटिएको हो। न्यू साउथ वेल्सस्थित मारेउब्रा समुन्द्रमा भेटिएको उक्त शव सोमबार सृष्टि भण्डारीसँगै समुन्द्रमा डुबेका उप्रेतीको भएको सुरक्षाकर्मीले पुष्टि गरेका छन्। सोमबार साँझ मारोउब्रा समुन्द्री तटबाट सृष्टि भण्डारीसँगै सुदीप समुन्द्रमा डुबेका थिए। लेन्टाइन्स डेको पूर्वसन्ध्यामा समुन्द्र तटमा गएका बेला सुदीप र सृष्टिलाई समुन्द्रले बगाएको थियो। साँझ पख साथीहरुलाई केही समयपछि फर्किन्छौं भनेर उनीहरु समुन्द्रतर्फ गएका थिए। नफर्किएपछि साथीहरुले उनीहरुलाई समुन्द्रले बगाएको शंकामा खोजी तीब्र पारिएको थियो। उद्धारकर्मीले सृष्टिको शव मंगलबार बिहान समुन्द्री तटको उत्तरी किनारमा फेला पारेका थिए। झापा घर भएका सुदीप र काठमाडौंकी सृष्टि दुवै न्यू साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी हुन्। प्रहरी अनुसन्धानले दुवै जनाको मृत्यु पानीमा डुबेर भएको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित