इञ्जिनलाई सुरक्षित राख्न नानो ईनर्जाइजर प्रयोग गरौं

सवारीसाधनबाट निस्कने धुँवाका कारण विरामी पर्ने नेपालीको संख्या दिन प्रतिदिन बढिरहेकै छ । विश्व स्वास्थ्य संगठन (WHO) को २०१६ को तथ्यांक अनसुार नेपालमा वायु प्रदुषणकै कारण प्रत्येक वर्ष ९ हजार ९ सय ४३ जनाको मृत्यु हुने गरेको छ ।  सबैभन्दा बढि वायु प्रदुषण सवारीसाधनबाट निस्कने धुँवाका कारण हुने गरेको छ । पुराना सवारी साधन चलाउँदा त्यसबाट निस्कने धुँवाले मानव जीवनमा गम्भिर असर पु-याइरहेको छ । त्यसैले पनि सरकारले फागुन महिनाबाट २० वर्ष भन्दा पुरानो सावरीसाधनलाई विस्थापित गर्ने निर्णय गरिसकेको छ । तर, निजी क्षेत्रको डिडिम रिसर्च एण्ड ट्रेडिङ कम्पनी प्रालिले भने धुँवा कम गर्ने नयाँ उत्पादन नेपालमा भित्र्याएको छ । कम्पनीले सावारी साधनको इञ्जिनलाई सुरक्षित राख्ने, सवारी साधनबाट निस्कने धुँवा कम गर्ने, इञ्जिनको हर्ज पावर बढाउने, ८–२१ प्रतिशतसम्म इन्धन वचत गर्ने, इञ्जिनको आवाज तथा भाइब्रेसनमा कमि गर्ने र ज्वलनशिलतामा विकास गर्ने नानो ईनर्जाइजर भित्र्याएको बताउनुहुन्छ डिडिमका अध्यक्ष सुनिल मास्के । १० वर्षको रिसर्च र प्रयोगपछि बजारमा ल्याइएको कोरियन उत्पादन हो नानो ईनर्जाइजर । ६ महिनाको अन्तरालमा नेपालमा पनि यसको प्रयोगबाट धेरै परिवर्तन आइसकेका मास्के बताउनु हुन्छ । मर्सिडिज, आउडी, हुण्डाई, जिएम, टोयोटा जस्ता विश्वका ३५ भन्दा बढि विश्वप्रसिद्ध कम्पनीहरुबाट स्वीकृत प्राप्त नानो ईनर्जाइजर प्रयोग गर्न क्यानडाको वातावण मन्त्रालयले समेत आफ्ना देशका नागरिकहरुलाई पत्राचार गरिसकेको हुँदा नेपालमा पनि यसले राम्रो बजार लिने मास्केको विश्वास छ । सरकारी सेवामा प्रवेश गरेर पनि देशका लागि फाइदा पुग्ने काम नै गर्नुपर्छ भन्ने सोचले आफू यसतर्फ लागेको मास्केको भनाई छ । मास्केले बजारमा ल्याउनु भएको नयाँ उत्पादन, यसले गर्ने कामलगायतका विषयमा mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी : sunil maskeyaa

० डिडिम रिसर्च एण्ड ट्रेडिङ कम्पनी कसरी स्थापना भयो ? – डिडिम भनेको स्टेपिङ स्टोन हो । डिडिम कोरियन शब्द हो । डिडिमको अर्थ होसियारी भन्ने बुझिन्छ । मैले कोरियासँग सम्बन्धित व्यापार गर्ने भएकोले कम्पनीको नाम डिडिम राखेर काम गर्दै आएको छु । २०६७ सालमा नै मैले डिडिमको स्थापना गरेपनि नानो ईनर्जाइजर भित्र्याएको भने ६ महिना मात्रै भयो । अहिले यसैको मात्रै काम गरिरहेको छु ।

० नानो ईनर्जाइजर भनेको के हो ? – नानो ईनर्जाइजर अत्याधुनिक नानो प्रविधिबाट तयार पारिएको नविनतम उत्पादन हो । यसलाई लुब्रिकेन्ट प्रयोग गरिने कुनै पनि इञ्जिन, गियरबक्स र मेकानिकल मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । जसले इञ्जिनलाई शुरुकै अवस्थामा पु¥याउने र सुरक्षित राख्ने काम गर्दछ । यसको प्रयोगबाट कुनै पनि साइड इफेक्ट सिर्जजा हुँदैन ।

० नानो ईनर्जाइजरले कसरी काम गर्छ ? – नानो प्रविधि विश्वकै अद्धितिय र आमूल परिवर्तनकारी प्रविधि हो । नानो ईनर्जाइजर पूर्णतया नानो सरम्याट हो । सरम्याट सेरामिकले बनेको उच्च ताप प्रतिरोधक, अति बलियो संरचना भएको बस्तु हो । यसलाई सेरामिक र मेटालिक प्रविधिबाट तयार पारिन्छ । प्लेटिनम कोटिङ भएको जर्कोनियम पाउडर मिनिरल आयलमा मिसाएर २० नानो मिटरको सेरामिक लेयर बन्दछ । प्लेटिनम स्टिल भन्दा २० गुणा कडा र ६ गुणा चिल्लो हुन्छ, जसको नानो कणहरु इञ्जिन भित्रको घर्षण हुने सतह र चलायमान सबै स्थानहरुमा कोटिङ भएर कडा र चिल्लो तह बन्दछ । यसको प्रयोगले इञ्जिनलाई सुरक्षित राख्न मद्दत गर्दछ । जसले गर्दा इञ्जिन चिल्लो र शान्त हुनका साथै अझ राम्रो माइलेज दिन्छ ।

० नानो ईनर्जाइजर नेपालमा कसरी भित्र्याउनु भयो ? – नेपालमा नानो टेक्नोलोजीको आवश्यकता महसुस गरेर मैले यसलाई भित्र्याएको हुँ । अत्याधिक मात्रमा बढिरहेको वायु प्रदुषणलाई केही हदसम्म कम गर्न, सवारी साधनलगायत मेसिनहरुलाई आवश्यक पर्ने इन्धन कम खपत गर्न तथा इञ्जिनलाई बचाउने लक्ष्यसहित मैले यसलाई भित्र्याएको हुँ ।  कोरियन प्रोफेसरहरुको सल्लाहमा नै यसलाई नेपालमा ल्याइएको हो ।

० नानो ईनर्जाइजर प्रयोग गर्दाका फाइदाहरु के–के हुन् ? – नानो ईनर्जाइजर प्रयोग गरेर धेरै भन्दा फाइदाहरु लिन सकिन्छ । सबैभन्दा मुख्य कुरा यसले इञ्जिनलाई सुरक्षित राख्न मद्दत गर्दछ । सवारी साधनबाट निस्कने धुँवा कम गर्न, इञ्जिनको हर्ज पावर बढाउन, ८–२१ प्रतिशतसम्म इन्धन कम गर्न, इञ्जिनको आवाज तथा भाइब्रेसनमा कमि गर्न मात्र नभई ज्वलनशिलतामा विकास गर्ने काम पनि नानो ईनर्जाइजरले गर्छ ।

० प्रयोगकर्तालाई विश्वास दिलाउने आधार के–के छन् त ? – नानो ईनर्जाइजर १० वर्षको रिसर्च र प्रयोगपछि बजारमा ल्याइएको हो । ६ महिनाको अन्तरालमा नेपालमा पनि यसको प्रयोगबाट धेरै परिवर्तन आइसकेका छन् । मर्सिडिज, आउडी, हुण्डाई, जिएम, टोयोटा जस्ता विश्वका ३५ भन्दा बढि विश्वप्रसिद्ध कम्पनीहरुबाट स्वीकृत प्राप्त नानो ईनर्जाइजर प्रयोग गर्न क्यानडाको वातावण मन्त्रालयले समेत आफ्ना देशका नागरिकहरुलाई पत्राचार गरिसकेको अवस्था छ । यसबाट पनि के बुझ्न सकिन्छ भने नानो ईनर्जाइजरको प्रयोगबाट हामीलाई फाइदा नै हुन्छ । यसलाई प्रयोग गर्नुभइसकेका हाम्रा ग्राहकहरुले हामीलाई आफ्नो सवारी साधनको पिक अप बढेको, आवाज कम भएको, माइलेज बढि दिएको र धुँवा फाल्ने क्रम पनि कम भएको बताइसक्नु भएको छ ।

० नानो ईनर्जाइजर कस्ता मेसिनहरुमा प्रयोग गर्न सकिन्छ ? – इञ्जिन आयल लाग्ने सबै खालका इञ्जिनहरुमा नानो ईनर्जाइजर प्रयोग गर्न सकिन्छ । लुगा सिलाउने मेसिन देखि मोटरसाइकल, गाडिलगायतमा यो प्रयोग गर्न सकिन्छ ।

० यसलाई कसरी प्रयोग गर्न सकिन्छ ? – नानो ईनर्जाइजरलाई प्रयोग गर्दा सबैभन्दा ध्यान दिनुपर्ने कुरा के हो भने ईनर्जाइजरको पाउचभित्र रहेको प्लेटिनम गरौं हुने भएकाले जमेको हुनसक्छ । त्यसै यसलाई राम्रोसँग हल्लाएर मात्रै प्रयोग गर्नुपर्छ । राम्रोसँग हल्लाएर प्रयोग गरिएन भने त्यसले काम गर्दैन । प्रयोग गर्ने बेला इञ्जिनलाई ५ मिनेटजति स्टार्ट गरेर तताउने । त्यसपति नानो ईनर्जाइजरको पाउच राम्रोसँग हल्लाएर घोल्ने र लुब्रिकेन्ट ट्याङ्कमा हाल्ने । ३० मिलिको पाउच इञ्जिन ट्याङ्कमा हालिसकेपछि २० मिनेटजति पुनः इञ्निन चलाउनु पर्दछ । जसले गर्दा इञ्जिनको ताप र चापबाट कणरु कोटिङ हुने प्रक्रिया स्वचालित रुपमा पूरा हुन्छ । नानो ईनर्जाइजर इञ्जिनमा हालिसकेपछि यो इञ्जिनको भित्रि सतहमा पूरा कोटिङ हुनका लागि मोटर साइकल ४ सय किलोमिट गुड्नु पर्छ भने हलुका सवारी १२ सय र ठूला सवारीसाधन ३ हजार किलोमिटर गुड्नु पर्ने हुन्छ । अर्को महत्वपूर्ण कुरा के हो भने नानो ईनर्जाइजर इञ्जिन भित्र कोटिङ हुने बेला त्यहाँ भएका फोहोरहरुलाई तान्ने काम गर्छ जसले गर्दा यसको प्रयोग पछि झन कालो धुँवा आउन पनि सक्छ । तर, त्यसबाट आत्तिनु पर्दैन । इञ्जिन भित्र रहेका फोहोरलाई निकालिसकेपछि यसले इञ्जिनलाई पुनः नयाँकै अवस्थामा ल्याइदिन्छ ।

० नानो ईनर्जाइजर कति प्रयोग गर्नुपर्छ ? – ६०० सिसि भन्दा कमका जुनसुकै सवारीसाधनका तथा अन्य मेसिनहरुका लागि एक पाउच प्रयोग गर्नुपर्छ भने १० देखि २५ लिटर लुब्रिकेटिङ आयल लाग्ने सवारी साधनका लागि २ पाउच प्रयोग गर्नुपर्छ । सावारी साधनमा यो ३० हजार किमिसम्म प्रभावकारी हुन्छ  ।

० तपाईले भित्र्याउनु भएको अर्को नानो म्याक्स चांहि के हो र यसले कस्तो काम गर्छ ? – नानो म्याक्स पनि नानो ईनर्जाइजर जस्तै उत्पादन हो । रेडियटरमा नानो म्याक्स हालिसकेपछि यो कुलिङ ज्याकेटको माध्ययमबाट इञ्जिन कम्बुसन च्याम्वरको परिपरि फैलिन्छ । त्यसपछि यसले लगातार फार ईन्फ्रारेड रेज फ्याँक्छ जसको कारण इन्धनको कणहरु अति सानो माइक्रोन साइजमा टुक्रा–टुक्रा हुन्छ । फलतः इन्धन खेर नगई सजिलै पूर्णरुपमा जलेर शक्ति प्रदान गर्छ र धुँवा कम फाल्छ ।

० नेपालमा विदेशी नयाँ प्रोडक्ट भित्र्याउन कत्तिको सहज छ ? – नयाँ उत्पादन भित्र्याउँदा त्यसले बजार लिनका लागि पक्कै पनि केहि समय लाग्छ नै । भर्खरै मात्र बजारमा आएको हुनाले यसले विस्तारै आफ्नो स्थान लिंर्दै गएको पाएको छु । नयाँ उत्पादन नेपालमा सजिलै स्वीकार हुन सक्दैन, यो हामीलाई थाहै छ । तरपनि राम्रो उत्पादन भएको र संसारभर प्रयोगमा आइसकेको हुनाले यसको राम्रो व्यापार हुन्छ भन्नेमा आशावादी छु ।

० विगत ६ महिनाको अन्तरालमा कत्तिको फरक पाउनु भएको छ ? – ६ महिनामा धेरै नै परिवर्तन पाएको छु । शुरुका दिनहरुमा विश्वास नगरे पनि अहिले भने प्रयोगकर्ताहरुबाट नै सन्तुष्टि मिलेको छ । उहाँहरुले प्रयोग गरेको केही दिनमा नै आप्mनो सवारी साधनमा परिवर्तन आएको हामीलाई बताउनु भएको छ । प्रयोगकर्ताहरुले आफ्नो सवारीसाधनमा परिवर्तन आएको र माइलेज बढेको हामीलाई बताइसक्नु भएको छ । त्यसैले अहिले यसको माग पनि बढ्दै गएको छ । पार्टस् पसलहरुबाट पनि ग्रहाकहरुले खोजेको भन्दै माग गर्नुभएको छ ।

० सावारीसधान प्रयोगकर्ताहरुलाई के भन्नुहुन्छ  ? – तपाई हामीले आफूले दुःख गरेर कमाएको रकमले सवारीसाधान किन्ने हो । सवारी साधनको मुटु भनेको इञ्जिन हो । त्यसलाई बचाउने औषधी हामीले ल्याएका छौं । त्यसैले कुनै पनि साइड इफेक्ट नभएको नानो ईनर्जाइजर प्रयोग गर्न सल्लाह दिन्छु । इञ्जिलाई सुरक्षित राख्नका लागि र वातावरणलाई प्रदुषणमुक्त गराउनका लागि नानो ईनर्जाइजर उपयुक्त भएकाले यसलाई ढुक्क भएर प्रयोग गर्न आग्रह गर्दछु ।

प्रतिक्रिया

सम्बन्धित