नेताद्वय रवि लामिछाने र रमेश खरेलबीच भेटघाट

ramesh-rabi

काठमाडौं । दर्ताको प्रक्रियामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ ।

समसामयिक राजनीतिक घटनाक्रमका बारेमा यी दुईबीच शुक्रबार बिहान भेट भएको थियो ।

लामिछानेले असार ७ मा राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेपछि खरेलसँग भेटवार्ता गरेका हुन् । उनले भने, ‘भेटघाट भइहाल्छ । सामान्य भेटघाट हो । कफी भेट भनेर बुझौन ।’

सभापति लामिछानेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले अध्यक्ष केपी ओली र प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेट गर्ने बताए ।

भेटघाटका क्रममा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको उनले बताए । खरेल आगामी संसदीय चुनावमा काठमाडौं–१ बाट उम्मेदवारी दिने तयारीमा छन् भने लामिछानेले उपयुक्त समयमा निर्वाचित क्षेत्र तय गर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित