ठेकेदारको ढिलासुस्तीले चापागाउँ सडक निर्माणमा ढिलाइ

chapagaun

चापागाउँ । दक्षिण तथा मध्यललितपुरको केन्द्र चापागाउँ सडक विगत एक महिनादेखि ढलानको काम भइरहेकाले बन्द छ । ललितपुरको ७५ प्रतिशत भूभागको केन्द्र चापागाउँ बजारमा एक महिनादेखियातायातका साधन चल्न नसक्दा हजारौ यात्री सास्ती खेप्न बाध्य छन् ।

एकैपटक तीन ठाउँबाट सडक ढलान गर्न सकिने अवस्था भए पनि ठेकेदारकोढिलासुस्तीका कारण अस्तव्यस्त यहाँको दैनिकी झन् झन् कष्टकर बनिरहेको हो ।एकैपटक कम्तीमा दुई ठाउँबाट सुरु गरेर दिनरात काम गरे दुई हप्तामा कामसकिने स्थानीय राजन महर्जन बताउँछन् । उनी भन्छन्, ‘असक्षम ठेकेदारले कामपाएपछि हामीले सास्ती पायौं ।’ स्थानीय मुख्य सडकको कछुवा हिँडाइ भएकोस्थानीय मनिपाल कर्माचार्य गुनासो गर्छन् । ‘सडक बनाउँदा खरायोहिँडाइ हुनुपर्ने हो,’ उनले भने ।

चापागाउँको ज्योति विहारदेखि टुसालसम्म सात सय मिटर सडक ढलान गर्न महिनौलाग्ने अवस्था देखिएको छ । सडक ढलान सुरु भएपछि टाहाखेलमा रहेको बसपार्कअहिले झ्यालीपाटी सडकमा सरेको छ । लेले-टीकाभैरवको बस छम्पी हुँदै लगनखेलजाने गरेको छ । टाहाखेल, झरुवारासी,चारघरे, न्यौपानेगाउँलगायतका यात्रु बसचढ्नकै लागि ४५ मिनेटसम्म हिँडेर आउजाउ गर्नुपर्ने बाध्यता छ ।

चारघरेका रमेश लामा बस चढ्न लामो बाटो हिँड्नुपर्ने हुँदा सधै अफिसपुग्न ढिला हुने गरेको बताउँछन् । भन्छन्, ‘बाटोका कारण समयमा अफिस नपुग्दाजागिरै जाला जस्तो भइसक्यो ।’ पछिल्लो समय ठेकेदारले २५ जना कामदार लगाएरकाम गरिरहेको उनकाे भनाइ छ। उनी भन्छन्,‘डण्डी राखेमात्रै ढलान हुन्छ ।मेसिनले एक सय मिटरभन्दा माथि रेडिमिक्स फाल्दैन ।’ यात्रु  आउजाउ गर्नेबाटो भएकाले डण्डी बाँध्न र काम गर्न बाधा परेको उनीहरूको गुनासो छ ।

सडक विभागले करिब चार करोड रुपैयाँमा लगाएको सडक नवजानुका जेभीले ठेक्का पाएको हो ।
चापागाउँ लेले, छम्पी, डुकुछाप र देवीचौरका साथै दक्षिण ललितपुरको बागमती, कोञ्ज्योसोम र महाँकाल गाउँपालिकाको केन्द्रको रूपमा स्थापित छ । काठमाडौंउपत्यका आउजाउ गर्न उत्तरी मकवानपुरका भीमफेदी बकैया र बागमती गाउँपालिकाकास्थानीय चापागाउँ बजारको बाटो प्रयोग गर्छन् ।

नवजानुका जेभिका प्रतिनिधि लेखनाथ अधिकारीले खानेपानीको पाइप मर्मत गर्ननिरन्तर सडक खनेपछि काममा बाधा भएको बताए । उनले भने, ‘यो महिनाकोअन्तिमसम्म ढलान सकिन्छ । त्थयसपछि सडक मर्मत र ड्रेनको काम सुरु हुन्छ ।’गोदावरी नगरपालिका-११ का वडाध्यक्ष निलबहादुर देसारले काममा बाधा भएपछिअहिले खानेपानीको पाइप मर्मत गर्न सडक खन्न रोक लगाएको बताए । 

प्रतिक्रिया

सम्बन्धित