आर्थिक पारदर्शितामा मेरो जोड

लायन्स क्लव इन्टरनेशनल, डिष्ट्रिक्ट ३२५ वी १ को आगामी चैत्र ५ गते राष्ट्रिय महाधिवेसन हुने भएको छ । काठमाडौंमा आयोजना हुने ५ औं राष्ट्रिय महाधिवेसनमा द्धितिय भाइस डिष्ट्रिक्ट गभर्नरको पदका लागि लायन्स क्लब अफ काठमाडौं भृकुटीको संस्थापक अध्यक्ष इन्दु लम्सालले उम्मेदवारी दिनु भएको छ । १६ वर्षदेखि लायन्समा आवद्ध भएर लायनवादमा समर्पित रहनु भएकी लायन लम्साल डिष्ट्रिक्ट ३२५ वी १ मा आवद्ध काठमाडौं क्षेत्रका महिला क्लवहरु मध्ये सबभन्दा पुरानो लायन्स क्लव ‘लायन्स क्लव अफ काठमाडौं भृकुटी’ को संस्थापक अध्यक्ष हुनुहुन्छ । १० वर्ष भन्दा बढी डिष्ट्रिक्टका महत्वपूर्ण पदमा रही सेवा गर्दै आउनु भएकी लायन लम्सालले अन्तर्राष्ट्रिय स्तरका विभिन्न तालिम तथा सेमीनारमा सहभागी भई त्यहाँबाट प्राप्त  ज्ञानलाई लायनवादको मुल्य र मान्यतामा समर्पित रहेर प्रयोग गर्दै आउनु भएको छ । लायनवादको विकास र विस्तारका लागि क्रियाशिल भएर लाग्नु भएकी लायन लम्सालले चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई समाज सेवाप्रति जागरुक बनाउने मात्र नभई महिलाहरुको शशक्तिकरणका लागि महत्वपूर्ण भूमिका निभाउँदै आउनु भएको छ । लम्सालसँग आगामी चैत ५ मा हुने चुनावमा आधारित रहेर mynewsnepal.comका लागि कुमार भण्डारीले गरेको कुराकानी :

indu lamsal० लायन्स क्लव भनेको कस्तो संस्था हो ? – लायन्स क्लवलाई संसारको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने संस्थाको रुपमा लिन सकिन्छ । हामी लायन्समा आवद्ध भएकाहरुले आफूसँग बचेको थोरै रकम र समय खर्चेर आफूभन्दा कम अवसर पाएका जो कोहीलाई सेवा गर्ने काम गर्छौं । जसबाट आत्म सन्तुष्टि पनि मिल्छ ।

० तपाईं धेरै पहिले देखि नै लायन्स क्लवमा आवद्ध हुनुहुन्छ, कसरी काम गर्दै आउनु भएको छ ? – जहाँ समस्या छ, जहाँ अप्ठेरो छ पक्कै पनि यहाँ लायन्स क्लव पुगेकै हुन्छ । हामीले पनि सुने र देखेसम्म समस्या, अप्ठेरो र दुःखमा परेका जो कोहीलाई पनि सहयोग गर्दै आएका छौं । आफूसँग भएको केही रकम कसैलाई दिंदा उसलाई सहज हुन्छ भने हामी त्यस्ता कामहरु गर्छौं । जस्तैः कोही व्यक्ति रकमको अभावमा उपचार नपाएर अस्पतालको शैयामा छट्पटाई रहेको छ भने त्यहाँ पुगेर उसको उपचारमा सहयोग गर्छौं । त्यतिमात्र होइन हामीले बृद्धा आश्रम, अनाथालयलगायतमा पनि खाना लत्ताकपडा र आर्थिक सहयोग गर्दै आएका छौं ।

० लायन्स क्लव अफ काठमाडौं भृकुटीको स्थापना किन गर्नु भएको हो ? – हुनत म सन २००१ बाट नै लायन्स क्लवमा आवद्ध छु । तर, मलाई लायन्स भित्र पनि महिलाहरु छायाँमा परेको अनुभूति भयो महिलाहरुमात्र आवद्ध रहेर लायन्स क्लव अफ भृकुटी काठमाडौंको स्थापना गरेको हुँ । लायन्स क्लवभित्र महिलाहरु अछि पछाडि परेका हुन् कि भन्ने भान भएपछि हामी पनि त केही गर्न सक्छौ भन्ने लागेर नै मैले सबैभन्दा पहिले महिलाहरु मात्र आवद्ध लायन्स क्लवको स्थापना गरेको हुँ । लायन्स क्लव अफ काठमाडौं भृकुटी ३२५ बी १ को काठमाडौं क्षेत्रको सबैभन्दा पहिलो लेडिज क्लव हो । हामीले शुरुको वर्षमा महिलाहरुका लागि मात्र प्ररित भएर काम ग¥यौं । महिलाहरुलाई कसरी चुलो चौकोबाट बाहिर निकाल्ने, उनीहरुलाई कसरी सामाजिक कार्यमा सहभागि गराउने, महिलाहरुलाई कसरी अगाडि बढाउने भन्नेमा नै हामी केन्द्रित भयौं । त्यतिमात्र होइन कयौं एकल र असक्षम महिलाहरुलाई स्वरोजगारको अवर प्रदान गर्ने काम पनि ग¥यौं । जब लायन्समा आवद्ध महिलाहरुको संख्या बढ्दै गयो तव हामीले महिला वर्गमा मात्र केन्द्रित नभई हामी समग्र लायन्सको हितका लागि लाग्नु पर्छ भनेर नै अगाडि बढिरहेकै छौं । अहिले उत्कृष्ट क्लवहरु मध्ये यो क्लव पनि पर्छ ।

० लायन्स क्लवलाई अन्य कतैबाट आर्थिक सहयोग मिल्छ कि सबै सदस्यहरुबाट नै रकम उठाएर समाज सेवा गर्ने हो ? – लायन्सलाई अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग मिल्छ । हामीले विभिन्न प्रोजेक्टहरु पेश गरेर पनि सहयोग लिन्छौं र सोही रकम यहाँ समाज सेवामा प्रयोग गर्छौं । लायन्सले ठूला–ठूला अस्पतालहरु पनि निर्माण गरेको छ । जसको पछिल्लो उदाहरण हो, महाराजगञ्ज टिचिङमा निर्माण भएको आँखा अस्पताल । व्यक्तिगत रुपमा रकम ल्याउन नसके पनि लायन्स क्लवले विदेशमा रहेका क्लवहरुसँग सहकार्य गरेर आर्थिक सहयोग प्राप्त गरी यहाँ काम गर्दै आएका छन् । हामीले २०७२ सालको भूकम्पमा पनि धेरै नै सहयोग गरेका थियौं ।

० लायन्स क्लवको चुनावी चहल पहल कत्तिको बढेको छ ? – चुनाव हुने भएपछि चहल पहल त बढ्ने नै भयो नि होइन ? चैत ५ मा हुने चुनावका कारण अहिले देखि नै चुनावको रौनक बढेको छ । उम्मेदवारीहरुको संख्या पनि बढि नै छ ।

० द्धितिय भाइस डिस्ट्रिक गभर्नरमा तपाईको उम्मेदवारी किन ? – विगत १६ वर्षदेखि नै म लायन्सवादको विकास र विस्तार तथा हितका लागि क्रियाशिल भएर लागेकी छु । त्यतिमात्र नभई समाज सेवामा महिलालाई कसरी समर्पित गराउन सकिन्छ, महिलाहरुले आफ्नो घर व्यवहार सहित बाहिर निस्केर कसरी समाज सेवा गर्न सक्छन् भनेर अग्रणी भूमिका खेलेर हिंहिरहेकी पनि छु । धेरै साथीहरुको सहयोग, लायन अग्रजहरुको साथ र समर्थन पाएकै कारण मैले द्धितिय भाइस डिस्ट्रिक गभर्नरमा उम्मेदवारी दिएकी हुँ । साथीहरुले मैले लायन्समा रहेर गरेको दुःन र परिश्रमको पक्कै पनि कदर गर्नुहुनेछ भन्नेमा म ढुक्क छु ।

० लायन इन्दु लम्साललाई किन जिताउने ? – मैले अघि पनि भने एउटा महिला १६ वर्षदेखि लायन्समा लागेर पु¥याएको योगदाको कदर पक्कै पनि गर्नै पर्छ । लायन्सप्रति मेरो लगाव, क्रियाशिलता, योगदान देखेर नै लायन्सका अग्रजहरुले पनि मलाई नेतृत्व तहमा जान सल्लाह दिनु भएको छ । लायन्समा लागेर मैले पु¥याएको योगदान लायन्समा आवद्ध सम्पूर्ण साथीहरुलाई पूर्ण रुपमा जानकारी छ नै । त्यसैले पनि मलाई अब उहाँहरुले साथ दिनुपर्ने बेला आएको छ । indu 2

० तपाईंका चुनावी ऐजेण्डाहरु के–के हुन् ? – सबैभन्दा पहिले त मैले डिस्ट्रिकलाई परिमार्जन गर्नेछु । यसो भन्दै गर्दा यो भन्दा अगाडि नेतृत्वमा आउनु भएका गभर्नरसा’वहरुले गर्नु भएको छैन भन्न खोजेकी होइन । तर, समय अनुसार अझै विकास र विस्तारका लागि क्रियाशिल रहने छु । महिलाहरुलाई फोकस गरेर नयाँ कार्यक्रहरु ल्याउन पहल गर्नेछु । आर्थिक पारदर्शितामा जोड दिनेछु । लायन्सका अग्रजहरुले गर्नुभएका राम्रा कामको अनुसरण गर्नेछु । भाइस डिस्ट्रिक गभर्नर बन्दै गर्दा डिस्ट्रिक गभर्नरहरुलाई सफल बनाउनका लागि हरदम लागि पर्नेछु । दुई वर्षपछि जब म डिस्ट्रिक गभर्नर बन्नेछु तब डिष्ट्रिक्टका हरेक गतिविधि तथा आर्थिक क्रियाकलापलाई पारदर्शी रुपमा प्रस्तुत गर्नेछु । डिष्ट्रिक्ट क्याविनेटमा महिलाहरुलाई अधिकतम प्राथमिकताका साथ स्थान दिने, महिला सशक्तीकरणका विशेष कार्यक्रम ल्याउने, डिष्ट्रिक्ट सचिवालयलाई ब्यवस्थित र आधुनिकीकरण गर्ने एवं सबै सूचना प्रणालीमा आमुल परिवर्तन ल्याउने, नेपाल लायन्स फाउन्डेसन (एलएलसी) लाई अझ बलियो  बनाउनेतर्फ म क्रियाशिल भएर लाग्नेछु त्यतिमात्र होइन प्रशिक्षण, सेमिनार तथा नेतृत्व विकासका (जस्तैः एलएलसी ) कार्यक्रमहरु विशेष जोडका साथ सञ्चालन गर्ने, क्लबहरुमा आ—आफ्नो ठाउँलाई आवश्यक पर्ने प्रोजेक्ट बनाउन मद्दत पु¥याउने र त्यस्ता प्रोजेक्टहरुलाई अन्तर्राष्ट्रिय स्तरबाट स्विकृत  गराउन पहल गर्ने, मोफसलका क्लबलाई विशेष प्राथमिकताका साथ सहयोग गर्ने कार्यक्रमा पनि मेरो सहभागिता रहने छ ।

० लायन्समा आवद्ध सदस्यहरुलाई के भन्नुहुन्छ ? – हाम्रो डिस्ट्रिकमा झण्डै आठ हजार पाँच सय सदस्यहरु हुनुहुन्छ । प्रायः सबै सदस्यहरुसँग म व्यक्तिगत रुपमा परिचित हुन त सकेकी छैन होला तर, मलाई अधिकांश सदस्य साथिहरुले पक्कै पनि चिन्नुहुन्छ । मैले मेरो र मेरो क्लवको चाहनाका कारण मात्र उम्मेदवारी दिएकी छैन । सम्पूर्ण लायन्स लिडर, सदस्य मित्रहरुको मनोभावनालाई बुझेर नै उम्मेदवारी दिएकी हुँ । लामो समय देखि मैले लायन्समा आवद्ध भएर योगदान पु¥याईरहेकी छु । साथीहरुले म माथि पक्कै पनि न्याय गर्नुहुनेछ भन्ने मलाई विश्वास छ । मलाई अत्याधिक बहुमतबाट विजयी गराउन सबैमा आग्रह गर्छु ।

प्रतिक्रिया

सम्बन्धित