क्रिकेट कप्तान सन्दीपविरुद्ध पक्राउ पूर्जी जारी
काठमाडौं ।
नाबालिग किशोरीलाई बलात्कार गरेको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २१९ को ‘जबर्जस्ती करणी गर्न नहुने’ कसूरमा निज सन्दिप लामिछाने उपर थप अनुसन्धान गर्नका लागि काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको हो ।
१७ वर्षीया नाबालिकाले मंगलबार सन्दीपविरुद्ध महानगरीय प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमाति मागेको थियो ।
पक्राउ पूर्जी जारी भएसँगै प्रहरीलाई अब सन्दीपलाई भेटेलगत्तै नियन्त्रणमा लिएर अनुसन्धान सुरू गर्ने बाटो खुलेको छ । सन्दीप हाल व्यावसायिक क्रिकेट खेल्नका लागि सेन्ट लुसियामा रहेका छन् ।
प्रतिक्रिया