महारानी एलिजाबेथको निधनप्रति प्रधानमन्त्री देउवाद्वारा दुःख व्यक्त, भने– नेपालले एक महान प्रशंसक गुमाएको छ
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री देउवाले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत एलिजाबेथको निधनप्रति दुःख व्यक्त गर्दै उनले दुई पटक गरेको नेपाल भ्रमणको स्मरण समेतगरेका छन् ।
‘उहाँको निधनको खबर सुन्दा धेरै दुःख लागेको छ,’ प्रधानमन्त्री देउवाले ट्वीटरमा लेखेका छन्, ‘सन् १९६१ र १९८६ मा उनले गरेको दुई महत्वपूर्ण राजकीय भ्रमणका लागि रानीलाई नेपालमा सम्झिइन्छ ।’
‘उनको निधनले नेपालले देश र जनताको एक महान प्रशंसक गुमाएको छ,’ प्रधानमन्त्री देउवाले भनेका छन् । उनले बेलायती राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार मृत्यु भएको हो ।
प्रतिक्रिया