दशैंको शुभकामना दिँदै प्रचण्डले भने – आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई विजय गराउनुस्

Prachanda
काठमाडौं ।
नेकपा माओवादी केन्द्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिन अपिल गरेका छन् । दशैं लगायतका चाडपर्वहरूको अवसरमा आइतबार बिहान एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
शुभकामना सन्देशमा उनले भनेका छन्,’सांस्कृतिक पर्वहरुको श्रृङ्खलाभित्र अब हामी प्रादेशीक र संघीय निर्वाचनको संघारमा पनि छौँ। आगामी मंसिर ४ गते हुनगइरहेको यस निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, संघीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउनुहुन आम जनसमुदायमा हार्दिक अपील गर्दछु ।’
असत्य माथिको सत्यको विजयका रूपमा मनाइने नेपाली सांस्कृतिक पर्वहरूले सबैमा उत्साह, उमंग र राष्ट्रियताको जगेर्ना गर्ने उत्प्रेरणा पैदा गरोस् भनी प्रचण्डले शुभकामना व्यक्त गरेका छन् ।
देशको भाषा, संस्कृति र सभ्यताहरुको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु हामी सबैको दायित्व भएको बताए । हाम्रा यिनै सांस्कृतिक पर्वहरुले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास लिएको बताए ।

नयाँ वर्षमा नयाँ ऊर्जा, सङ्कल्प र सम्भावनाको खोजी गर्छाैं : प्रधानमन्त्री ओली
_D3BeYo1vqv_xftazfohlkw2qtglticbkq4blixiws0vslcm5yrwhz9yq1fxpkjn3k3qllnd_QnCZ24SgbO_ukluxgj4vrnlxn7imjxsb4c09daray1wt9ec3qf7mdwpdauvksrtdtp6mnrv.jpeg)
विद्यालय शिक्षा विधेयक चाँडै आउँछ, शिक्षकहरु आन्दोलनमा बसिरहनुु पर्दैन : प्रधा…
%2520(12)_GrcNHLYZTm_19p5mzels5hm1aq0e4zpdtmrjifx1p6iwofeduvmkhizzisykxcvya7xk0su_ca8rfBjrZL_uz5wbldl37ufqqtwweqv4lnxljfwvko2opquvymu1cmrdqcvpeoxyvh4dbbx.jpeg)
जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्…

रवि लामिछानेले आज सभामुख देवराज घिमिरेसँग भेट गर्दै
%2520(2)_2OHfomj8Nm_di0lapdnk5klowcdcmpswiheey4hoxopconeeadddcshdqsoyq5a3qudtmxb_oxcxYQy4gI_ifwuujwyfknobzambwqtzqwidizts33hk1nslvk6bwvuqf9h8engxzlt0uj5.jpg)
प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,यस्तो छन् कार्यसूची
_bjuaMVIhlL_zjrxml5wl0xfa0xe6sirujwvychgrjvw8hroqsbmc763r19o68pex24onxde_owCgJzLrIt_5xzsvs92maeryywphhnbvokzv9dqwtdkxpbzm6epwkb7nfwe4bbiubf5iilv.jpg)
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
%2520(1)_eKYKJdfTnJ_ozb9nsxerlkfaibuw1kano3utsnlptbgyvdrsli7dyemg0zcypqmhji8t2ze_ndqq7LYGZA_bu6lf9q0i7ieoz2kwyeraitwjilmhf3sq37gek7xoeaux04a6mxnd2xpbvxf.jpg)
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
_nACo5kMwBq_wc2d4b53xqqd76s9wyyffobzvhahq7c9kgsj39rxfku1b2k4hiocr5qk836r_rhIo4BqYao_xuuvzukb3xbzveng4ithebuziotkpwgyddwi03zgu0mu6czvbnloogynwflz.jpg)
प्रतिक्रिया