पाँच दिनदेखि बेपत्ता भएका पथप्रर्दशकको शव फेला

गोरखा ।

Death_1 उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित लार्केपास क्षेत्रमा गएको पाँच दिनदेखि बेपत्ता भएका एक पथप्रर्दशक (गाइड) को शव भेटिएको छ । सोलुखुम्बु जिल्ला पासाङ ल्हामु गाउँपालिका–१ घर भएका ३८ वर्षीय पथप्रर्दशक (गाइड) फुछेत्तर लामाको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) केदार खनालले जानकारी दिनुभयो । यही असोज २० गते दुई जर्मन नागरिकलाई मनाङको भीमथाङ छाडेर फर्कनुभएका लामा फर्कने क्रममा एक्कासि बेपत्ता हुनुभएको थियो । लामासँगै गएका चुमनुब्री गाउँपालिका–२ का फूर्वा लामाले सामागाउँ प्रहरी चौकीमा पथप्रर्दशक (गाइड) लामा बेपत्ता भएको बारेमा जानकारी दिएपछि प्रहरीले उहाँको खोजी सुरु गरेको थियो । “घटनाको दुई दिनपछि २२ गतेमात्र गाइड हराएको भन्ने बारेमा सँगै गएका पोर्टरले खबर गरेपछि उहाँ बेपत्ता भएको थाहा भएको हो”, प्रहरी उपरीक्षक खनालले भन्नुभयो, “घटनाको जानकारी पाएलगत्तै प्रहरीले खोजी गर्दा आज शव फेला प¥यो ।” लामाको शव उद्धार गरी सामागाउँमा ल्याई मुचुल्का तयार पारेर एभरेष्ट एयरको हेलिकप्टरमार्फत शव परीक्षणका लागि काठमाडौँ पठाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित