‘तनाव’मा प्रहरीहरु !

लामोसमयसम्म जागिर खाँदा पनि आफ्नो आर्थिक हैसियतमा सुधार नआउनु, आफू जागिरमा रहँदा घरमा रहेकी श्रीमती वा परिवारसँगको विश्वासमा आँच आउनुका साथै अन्य केही कारणहरुले पनि अपराध गर्न प्रेरित गरेको हुनसक्छ ।

पछिल्ला दिनमा नेपाल प्रहरीभित्रको वितृष्णा बाहिर समाजमा देखिन थालेको छ । संगठनको तल्ला तहमा रहेका कर्मचारीहरु मानसिक रुपमा पीडामा रहेको पछिल्ला केही घटनाले पुष्टी गरेको छ ।

विगत १५ दिनभित्र प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेको घटना सेलाउन नपाउँदै अर्का प्रहरीले प्रहरीमै रहेर ड्युटी गर्दै गरेकी मै श्रीमतीलाई दिनदहाडै गोली हानी हत्या गरे ।

यी र यस्ता घटनाहरुले आम सर्वसाधारणमात्र नभई कुनै पनि संगठनमा रहेर काम गरिरहेकाहरुको मानसिक तनावको स्तर अनुमान गर्न सकिन्छ । कतिसम्म मानसिक दबाबमा रहेर उनीहरुले आफ्नै श्रीमती र सन्तानसम्मको हत्या गर्न सकेका छन् ? त्यसको बारेमा नेतृत्वले केही अनुसन्धान गरेको छ कि छैन?

पछिल्ला समय बढ्दै गएको महंगी र आर्थिक संकटका साथै विभिन्न पारिवारिक बेमेलका कारण यी र यस्ता घटनाहरु बढ्दै गएको अनुमान लगाउन सकिन्छ । ड्युटीमै रहेकी श्रीमतीलाई हत्या गर्ने प्रहरीले श्रीमतीले सम्बन्ध विच्छेद मागेको जनाएका छन् भने छोरासहित श्रीमतीको घाँटी कसेर हत्या गरेका जवानले पनि पारिवारिक बेमेलकै कारण हत्या गरेको अनुमान लगाउन सकिन्छ ।

त्यस्तै सशस्त्र प्रहरी बलमा पनि पछिल्लो १० वर्षमा करिब ९ हजार २ सय बढी जनाले राजीनामा दिएर सेवाबाट अलग्गिएको तथ्यांक सार्वजनिक भइरहँदा नेपालका सुरक्षा निकायका कर्मचारीहरुमा ठूलोमात्रामा वितृष्णा आएको देखिएको छ ।

यी र यस्ता घटना र तथ्यांक बाहिरिइ रहँदा संगठनका नेतृत्व तहमा रहेका नेतृत्व र सरकारले आप्mना मातहतका कर्मचारीहरुले भोगेको मानसिक एवं शारिरिक पीडाका बारेमा केही अध्ययन एवं अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

विशेष गरेर तल्ला तहका कर्मचारीहरुमा पछिल्लो समय यी र यस्ता आपराधिक घटनाहरु घटेको बाहिरिइरहेको छ । कतिपय मानिसले अपराध गर्नुभन्दा पहिले त्यसपछि भोग्नुपर्ने सजाय र दण्डको बारेमा ज्ञान नभई कतिपय घटना घटनाएको पाइन्छ तर, प्रहरीमै कार्यरत रहँदाको बखत प्रहरीभित्रैका व्यक्तिहरुले यस किसिमको अपराध गर्नुमा उनीहरुको मानसिक अवस्थाबारे अध्ययन गरेर उसमा देखिएको समस्या समाधानका लागि संगठनले ध्यान पुर्याउनुपर्ने देखिन्छ ।

लामोसमयसम्म जागिर खाँदा पनि आफ्नो आर्थिक हैसियतमा सुधार नआउनु, आफू जागिरमा रहँदा घरमा रहेकी श्रीमती वा परिवारसँगको विश्वासमा आँच आउनुका साथै अन्य केही कारणहरुले पनि अपराध गर्न प्रेरित गरेको हुनसक्छ ।

पछिल्ला समय नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका तल्ला तहका कर्मचारीहरु लामोसमयसम्म पनि बढुवा नहुने, नेपाली सेनाको तुलनामा आफूलाई सुविधा कम भएको महसुस हुने, बढ्दो महंगीका कारण परिवार पाल्न, छोराछोरी पढाउन र आप्mनो आर्थिक हैसियत सुनिश्चितताका लागि असम्भव भएपछि मानसिक रुपमा विक्षिप्त रहेको हुनसक्छ ।

त्यसलाई ध्यानमा राख्दै अबका दिनमा नेतृत्व तहमा रहेका अधिकारीहरुले मातहतका कर्मचारीहरुलाई काम, ड्युटी र आदेशमात्र नभई उनीहरुको अवस्था र मानसिकरुपमा सबल र सक्षम बनाउनतर्फ ध्यान दिनुपर्ने देखिएको छ ।

सशस्त्रमा ९ हजारले राजीनामा दिएको तथ्यांक सार्वजनिक भइरहँदा नेपाल प्रहरीमा पनि त्यही संख्याकै हाराहारीमा जागिर छाड्नेहरु रहेका छन् ।

त्यसैले संगठनको निर्णायक तहमा बसेका अधिकारीहरुले आप्mनो संगठनसँग जोडिएका व्यक्तिहरुलाई सुरक्षित र सुविधायुक्त जीवनयापनका लागि पक्कै पनि अभिभावकीय भूमिका खेल्नुपर्ने हुन्छ । संगठनमा नयाँ भर्ना गर्दागर्दैको अवस्थामा संगठनभित्र रहेका कर्मचारीहरुबाट पनि भरपूरमात्रामा काम लिनसक्ने र उनीहरुलाई खुशी बनाउनु पर्ने नेतृत्वको कर्तव्य हुन आउँछ ।

 

 

प्रतिक्रिया

सम्बन्धित